जंगलमा युवक मृत फेला, चरेस ओसारपसार गर्ने युवती पक्राउ
दाङ – दाङको तुलसीपुर स्थित जंगलमा एक युवक मृत अवस्थामा फेला परेको इलाका प्रहरीक कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
गादीबराह सामुदायिक वनको कुइरेपानी सोतामा तुलसीपुर–२ निबासी १९ बर्षका विपिन नेपाली मृत अवस्थामा फेला परेको प्रहहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिएका छन् । युवकको टाउकोमा गम्भिर चोट लागेकाले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । हिजो विहान १० बजे घरबाट निस्केका युवक आज दिउँसो १ बजे मृतअवस्थामा फेला परेका थिए ।
चरेस ओसारप्रसार गर्ने युवती पक्राउ
यसैगरी अवैध लागुऔषध चरेस ओसारपसारमा संलग्न भएकोे आरोपमा तुलसीपुर प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुमको रन्मामैकोट गाविस ८ निबासी २५ बर्षकी सम्सरी पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चरेस ओसारपसारमा संलग्न रहेको आरोपमा फरार युवती विजौरीमा कोठा भाडामा बस्दै आएको गोप्य सूचनाका आधारमा पक्राउ परेकी हुन् ।
पक्राउ परेकी पुनलाइ रुकुम पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण