उत्कृष्ट गोलसँगै रुनी बने युनाइटेडका सर्वाधिक गोलकर्ता
म्यान्चेस्टर – स्टोक सिटीविरुद्ध इन्जुरी समयमा उत्कृष्ट फ्रिकक गोल गर्दै वेयन रुनी म्यान्चेस्टर युनाइटेडको सर्वाधिक गोलकर्ता बनेका छन् ।
गोलसँगै रुनीले युनाइटेडलाई हारबाट पनि जोगाएका छन् ।
अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका रुनीले खेल सकिन केही सेकेण्डमात्र बाँकी छँदा गोल गर्दै युनाइटेडका लागि २५० औँ पूरा गरे । सर बबी चालर्टनभन्दा यो एक गोल बढी हो ।
लगातार तेस्रो जीततर्फ अग्रसर बनिरहेको स्टोकलाई बराबरीमा रोके । यसअघि पहिलो हाफमा हुवान माटाले अत्मघाती गोल गरेपछि स्टोकले खेलमा अग्रता लिएको थियो ।
त्यसपछि युनाइटेडले गोलका थुप्रै अवसर सृजना गरे पनि गोल गर्न सकेको थिएन ।
तर, खेलको २५ औँ र अन्तिम प्रहार गोलमा परिणत भयो र १७ खेलको अपराजित यात्रा कायम रह्यो ।
यद्यपि, युनाइटेड चौँथो स्थानमा रहेको आर्सनलभन्दा ४ तथा शीर्ष स्थानमा रहेको चेल्सीभन्दा ११ अंकले पछि रहेको छ । दुवै टोलीले आइतबार आफ्नो खेल खेल्नेछन् ।
सन् २००४ मा १८ वर्षको उमेरमा एभर्टनबाट युनाइटेड आएका रुनी यस सिजन धेरै जसो अतिरिक्त खेलाडीका रुपमा प्रयोग भएका छन् ।
यद्यपि, आफ्नो ५४६ औँ खेलमा उनले नयाँ इतिहास रच्न सफल भएका छन् ।
३१ वर्षीय रुनीले चालर्टनको इंग्ल्याण्डका लागि गरेको कर्तिमान सन् २०१५ मा नै तोडेका थिए ।
अहिले उनले नै क्लबका लागि बनाएको सन् १९७३ देखिको किर्तिमान तोड्न सफल भएका छन् ।
चालर्टनले भने, ‘मेरो किर्तिमान तोडिएकोमा म दुःखी छैन त भन्दिन तर, म रुनीका लागि खुसी छु । उनी इतिहासमा नाम लेखाउन योग्य छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण