लिभरपुल स्तब्ध, सिटी रोकियो
लिभरपुल – लिभरपुललाई उसैको घरमा स्तब्ध बनाउँदै स्वान्सी प्रिमियर लिगको पुछारबाट उक्लिन सफल भएको छ ।
शनिबार भएको खेलमा लिभरपुल २–३ गोलको अन्तरले पराजित भएको हो । १७ खेल पछि एनफिल्डमा लिभरपुल पहिलो पटक हारेको हो ।
गोलको वर्षा भएको दोस्रो हाफमा ४ मिनेटको अन्तरालमा फर्नान्डो लोरेन्टेले गोल गर्दै स्वान्सीलाई अग्रता दिलाएका थिए ।
उता रोबर्टो फर्मिन्होले पनि दुई गोल गर्दै लिभरपुललाई बराबरमा ल्याए ।
तर, खेल सकिन १६ मिनेट बाँकी छँदा जिल्फी सिगर्डसनले गोल गरेपछि लिभरपुल स्तब्ध बनेको हो ।
पराजयसँग उपाधि होडमा लिभरपुललाई ठूलो धक्का लागेको छ ।
एक खेल कम खेलेको चेल्सीभन्दा लिभरपुल ७ अंकले पछि परेको छ ।
हिजो भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा म्यान्चेस्टर सिटी टोटनहम हटस्पर्ससँग २–२ गोलको बराबरीमा रोकिएको छ ।
अघिल्लो खेलमा एभर्टनसँग ४–० ले पराजित भएको सिटीले स्पर्सको गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले खेलमा २–० को अग्रता लिएको थियो ।
सन् २०१६ को मे पछि प्रिमियर लिगमा एउटै खेलमा दुई गल्ती गरेर गोल खाने लोरिस पहिलो गोलकिपर बनेका छन् ।
लेरोय सेन र केभिन डे ब्रुयेनको एक–एक गोल गरेका थिए ।
तर, लगत्तै डेले अलीले गोल गर्दै सिटीको अग्रता आधा बनाए । यो सिजन उनको यो ११ औँ गोल हो ।
खेलको ७७ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलमा २–० को अग्रता बनाएर पनि जित हासिल गर्न नसकेको सिटीले सन् २०१४ को डिसेम्बरपछि पहिलो पटक हो ।
अन्य खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण