रियल म्याड्रिड जित्दा समर्थकको निशानामा रोनाल्डो
म्याड्रिड – ४० खेलको अपराजित यात्रापछि लगातार दुई खेलमा पराजित भएको रियल म्याड्रिडले शनिबार मालागालाई हराउँदै शीर्ष स्थानमा पकड कायम नै राखेको छ ।
घरेलु मैदान बर्नेबाउमा भएको खेलमा कप्तान सर्जियो रामोसले दुई गोल गरेपछि रियल २–१ गोलअन्तरले विजयी भएको हो ।
पहिलो हाफमा ८ मिनेटको अन्तरालमा दुई गोल रामोसले रियललाई सहज स्थितिमा पुर्याएका थिए ।
खेलको दोस्रो हाफमा जुनापीको गोलको मद्दतले खेलमा फर्कने प्रयास गरे पनि टोलीलाई लगातार पाँचौ खेलमा हार बेहोर्नबाट जोगाउन सकेन ।
१८ खेलपछि रियलले दोस्रो स्थानमा रहेको सेभियासँग ५ अंको अग्रता बनाएको छ भने तेस्रो स्थानमा रहेको बार्सिलोना थप एक अंकले पछि रहेको छ ।
खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाले धेरै गोलका अवसरहरु गुमाएका थिए ।
यसबाट रियलका समर्थकहरु खुसी देखिएनन् । खेलको चौथो मिनेटमा नै रोनाल्डोले बललाई नियन्त्रण गर्न नसक्दा बर्नेबाउमा समर्थकहरु उनीमाथि खनिएका थिए । खेल अवधि भएर रोनाल्डो निरन्तररुपमा समर्थकको निशानामा परिरहे ।
क्लबका प्रशिक्षक जिनेदिन जिदानले घरेलु समर्थकलाई खेलाडीहरुलाई बुझ्न आग्रह गरे । ‘हाम्रा समर्थक टोलीले सँधै जितोस् भन्ने चाहन्छन्, तर, कहिलेकाहीँ खेलाडी र प्रशिक्षकलाई उनीहरुको माया र साथ चाहिन्छ,’ उनले भने, ‘खराब समयमा फ्यानहरुले टोलीलाई समर्थन गर्नुपर्छ ।’
खेलमा मार्सेलो घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए । यसअघि नै गेराथ बेल, पेपे र ड्यानी कार्भाहाल घाइते रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण