सपथग्रहणको तस्विरका कारण मिडियासँग राष्ट्रपति ट्रम्प रुष्ट
वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ ग्रहणका बेला उपस्थित मानिसको संख्याको तस्विर मिडियाले गलतरुपमा प्रस्तुत गरेको आरोप लगाएका छन् ।
तस्विरमा सपथग्रहणका बेला वासिङटन मोनुमेन्टमा यसअघिन्दा थोरै मानिसहरु पुगेको देखिए पनि ट्रम्पले आफूले बोल्दा धेरै मानिसहरु जम्मा भएको दाबी गरे ।
पछि, ह्वाइट हाउसका प्रेस सेक्रेटरीले पनि सपथ ग्रहण समारोहमा ‘अहिलेसम्मकै ठूलो संख्यामा मानिसहरु उपस्थित’ भएको बताए ।
शनिबार अमेरिका र विश्वभर ट्रम्पविरुद्ध प्रदर्शन भएको थियो ।
सबैभन्दा ठूलो प्रदर्शन वासिङटनको रहेको थियो जहाँ ५ लाखभन्दा बढीले सहभागीता जनाएका थिए । यो संख्या शुक्रबार सपथग्रहणमा सहभागी भन्दा धेरै थियो ।विरोध प्रदर्शन महिला अधिकारबारे केन्द्रीत थियो ।
ट्रम्पले सिआइएको भर्जिनियामा रहेको हेडक्वाटरको अवलोकनमा जाँदा त्यहाँ भएको विरोधको कुरा नगरे पनि प्रेसमाथि खनिएका थिए ।
उनले भने, ‘मिडियाकर्मी विश्वको सबैभन्दा झुठा व्यक्तिहरु मध्येमा पर्दछन् ।’
टेलिभिजनमा देखिएको तस्विरले गलत तथ्य देखाएको बताउँदै उनले भने, ‘त्यहाँ १० लाख मानिस उपस्थित थिए ।’ तर, मिडियामा २ लाख जति मानि उपस्थित भएको बताएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण