पत्रकार महासङ्घको भवन शिलान्यास
बागलुङ - नेपाल पत्रकार महासङ्घ बागलुङको आफ्नै भवन बन्ने भएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले आज भवनको शिलान्यास गर्दै महासङ्घको भवन पत्रकारको मात्र नभएर समाजको साझा हुने उल्लेख गरे । श्रमजीवी पत्रकारको हित र पत्रकारिताको व्यावसायिक विकासका पक्षमा महासङ्घले विभिन्न कार्ययोजना लागू गरेको उनको भनाइ छ ।
रु एक करोडको लागतमा बन्न लागेको भवन दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य लिइएको शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । बागलुङ नगरपालिका– २ मा बन्ने भवन चारतले हुने उनले जानकारी दिए । भवनमा सुविधासम्पन्न सभाकक्ष र सूचना केन्द्र पनि रहने जनाइएको छ ।
यस्तै भवनको लागि भोगचलनमा जग्गा उपलब्ध गराउने बागलुङ नगरपालिका कार्यालयले सोही भवनमा अनाथालय पनि निर्माण गर्ने योजना छ । भवन निर्माणका लागि हालसम्म रु साढे १२ लाख सङ्कलन भएको र निर्माणको काम तुरुन्त सुरु हुन जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण