राजेशपायलको चमेली सार्वजनिक
काठमाडौं— लामो समयदेखि अमेरिकामा बसोबास गरिरहनु भएकी गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको आधुनिक गीत ‘चमेलीको...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय गायक राजेशपायल राईको स्वरमा सजिएको उक्त गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीतबद्ध गर्नु भएको हो । गीतमा लेप्चाकै संगीत संयोजन छ ।
उक्त गीत केही समयअघि सार्वजनिक भएको गीतकार गुरुङका शब्दहरुको एकल एल्बम ‘भावसागर–२’ मा समावेश छ ।
अमेरिकाकै आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री सुनिक्षा मैनालीले अभिनय गरेका छन् ।
भरत रेग्मीद्वारा सम्पादन गरिएको यो भिडियोलाई अनिशा के क्षेत्रीले निर्देशन गरेकी हुन् । मधु ज्ञवाली यो भिडियोका सह–निर्देश्ँक तथा संयोजक हुन् ।
रोमान्टिक शैलीको यो गीतको भिडियोमा अभिनेता रायमाझी तथा अभिनेत्री मैनालीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण