यी कुरामा ध्यान दिनुहोस्, नभए चिसो मौसममा तौल बढ्ला
चिसो मौसममा दैनिक तालिकामा निकै परिवर्तन हुने गर्दछ । यसले हाम्रो स्वास्थ्यमा पनि असर पार्ने गर्दछ । यदि आफूलाई नियन्त्रणमा नराखे यो मौसममा तपाईंको तौल जसरी पनि बढ्ने गर्दछ । चिसो मौसममा आफ्नो तौल बढ्न नदिन केही कुराहरु ध्यानमा राख्न आवश्यक पर्छ ।
पानी कम पिउनुः
चिसो मौसममा प्यास कम लाग्छ । त्यसैले हामी कम पानी पिउँछौं र धेरै खान्छौं । यस्तो हुँदा तौल बढ्ने गर्दछ ।
निन्द्राः
चिसो मौसममा दिन छोटो र रात लामो हुन्छ । राती ९ घण्टाभन्दा बढि सुत्दा खाना सहि तरिकाले पच्न पाउँदैन । यसले तौल बढ्ने गर्दछ ।
शारिरिक सक्रियताः
चिसोमा आलस्यका कारण मर्निङ वाक र जिम जस्तो शारिरिक सक्रियता कम हुँदा मेटाबोलिजम स्लो हुन्छ । यसले फ्याट बर्न हुन पाउँदैन र तौल बढ्न थाल्छ ।
खानाः
चिसो मौसममा गुलियो, तारेको र अमिलो पिरो खाने मन हुन्छ । यसो हुँदा हाई क्यालोरी इन्टेक हुन्छ जसले तौल बढ्ने गर्दछ ।
भाइरल ज्वरोः
चिसो मौसममा भाइरल ज्वरो आउने हुँदा मेटाबोलिजम स्लो हुन्छ । यसले तौल बढ्ने गर्दछ ।
तौल घटाउने अन्य तरिकाः
इम्पेरियर कलेज अफ लण्डनको रिसर्चमा पुष्टि भए अनुसार तौल नियन्त्रणमा राख्नका लागि बिहानको नास्ता पर्याप्त मात्रामा खान जरुरी हुन्छ । यसले दिनभरी भोक मात्र लागिरहने समस्या नियन्त्रणमा हुन्छ ।
हरियो सागसब्जीः
हरिया पात भएका तरकारी जस्तै बन्दा, पालुङ्गो र मेथीमा पर्याप्त मात्रामा फाइबर, भिटामिन र मिनरल्स पाइन्छ । यसलाई नियमित खानामा समावेश गर्दा तौल नियन्त्रणमा रहन्छ ।
पर्याप्त निन्द्रा आवश्यकः
कम्तिमा पनि ७ घण्टाको निन्द्रा पक्कै पुर्याउनुहोस् । यसले भोक बढाउने हर्मोन्स बढ्न दिँदैन र तौल नियन्त्रणमा रहन्छ ।
स्वाद लिएर खाना खानुहोस्ः
छिटो छिटो खाँदा हामी खानालाई राम्रोसँग चपाउँदैनौं । बिस्तारै चपाएर स्वाद लिएर खाना खानुहोस् । यसले धेरै बेरसम्म भोक लाग्दैन र तौल नियन्त्रणमा रहन्छ ।
चियाः
बिहानको चियामा दुध र चिनी नराख्नुहोस् । यसको सट्टा ब्याक कफी वा ग्रीन टी दिनमा २÷३ पटक पिउनसक्नुहुन्छ । यी दुबैले तौल घटाउन तपाईंलाई सहयोग गर्दछ ।
डेरी प्रोडक्टः
दैनिक आफ्नो डाइटमा डेरी प्रोडक्ट जस्तै दुध, दही, पनिरजस्ता खाना संलग्न गर्नुहोस् । यसमा पर्याप्त मात्रामा प्राटिन, क्याल्सियम र भिटामिन डी हुन्छ जसले मेटाबोलिजम बढाउँछ । यसले तौल पनि नियन्त्रणमा हुन्छ ।
प्रोटिनः
प्रोटिनले मांसपेशी बनाउन सहयोग गर्दछ । दिनभरी पुरुषले ५६ ग्राम प्रोटिन र महिलाले ४६ ग्राम प्रोटिन खानुपर्छ । यसले तौल नियन्त्रणमा रहन मद्दत गर्दछ ।
व्यायामः
दैनिक कम्तीमा ३० मिनेट हिँड्नुहोस् वा व्यायाम गर्नुहोस् । यसले अतिरिक्त क्यालोरी बर्न गर्न सहयोग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण