बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्यूटी एक्सपर्टका कुराः आलुको बोक्राका ९ भिन्न प्रयोग, सायदै थाहा होला तपाईंलाई

मङ्गलबार, ११ माघ २०७३, १३ : १६
मङ्गलबार, ११ माघ २०७३

गर्मीमा निस्कँदा तपाईंको छाला डढेको छ, कुनै किराले टोकेको छ ? अब चिन्ता लिनु पर्दैन । ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार यस्तो प्रकारको सबै समस्याको समाधान हो – आलूको बोक्रा । आलूको बोक्रा छालाजन्य समस्याका साथै क्लिनिङ र गार्डनिङमा पनि सहयोग गर्न सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः

छाला घाममा डढेको छ भने आलूको बोक्रालाई सबैभन्दा पहिले फ्रिजमा राख्नुहोस् । जब यो चिसो हुन्छ तब यसलाई प्रभावित छालामा लगाउनुहोस् । पोलिरहेको छाला र जलनका कारण भएको रातो छालामा कमी आउनेछ ।

अनुहारमा आलूको बोक्रा रगड्दा डेड स्किन सेल्स हट्छ जुन छालालाई स्वस्थ राख्न निकै आवश्यक हुन्छ । यसो हुँदा नयाँ स्किन सेल्सको वृद्धि हुन सहयोग गर्दछ ।

नङ भाँच्चिएको छ भने त्यसमा आलूको बोक्रा राखेर त्यसलाई ब्यान्डेजले बाँधिदिनुहोस् । यसको एन्टिब्याक्टेरियल गुणले संक्रमण हुँदैन र नङ छिट्टै बढ्छ ।

आँखाको वरिपरि सुन्निएको छ भने आलूको बोक्रलाई केही बेरसम्म राख्नुहोस् । सुन्निएको कम हुन्छ ।

कुनै पनि किराले टोकेको छ र चिलाइरहेको छ भने त्यसमा पनि आलूको बोक्राले रगड्नुहोस् । दिनमा तीन÷चारपटक गर्नुभयो भने राहत पाउनुहुन्छ ।

कुनै वस्तुमा खिया लागेको छ भने तयसमा आलूको बोक्रा रगड्नुहोस् । यसमा हुने एसिडले खिया सफा हुन्छ ।

झ्यालको सिसालाई सफा गर्नु छ भने आलूको टुक्रा सबैतिर दल्नुहोस् । त्यसपछि एउटा भिजेको कपडाले पुछ्नुहोस् । सिसा चम्कन्छ ।

आलूको बोक्रालाई माटोमा मिसाउँदा यसले बोट–बिरुवा राम्रोसँग बढ्न सहयोग गर्दछ ।

चाँदीको गहना वा भाँडा प्रयोग गर्दा गर्दै कालो हुनसक्छ । यसलाई सफा गर्नका लागि आलूको बोक्रा रगड्नुहोस् । यसले हराएको चमक फिर्ता हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप