बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुनुले यसरी गरिन् गीत मार्फत प्रेमीको प्रशंसा

सोमबार, २२ माघ २०७४, १५ : ५७
सोमबार, २२ माघ २०७४

काठमाडौं –‘भ्यालेनटाइन डे’ अर्थात प्रेम दिवस नजिकिदै गर्दा यस दिनलाई लक्षित गरेर निर्माण भएका गीत संगीतहरु दैनिक आधा दर्जनका हाराहारीमा सार्वजनिक हुन थालेका छन् । 
यस्तैमा प्रेम दिवसको छेको पारेर गायिका जुनु गौतमले पनि भ्यालेनटाइन स्पेशल गीत ‘साथी’को भिडियो बाहिर ल्याएकी छन् । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको यो गति मार्फत गायिका जुनुले प्रेमीको प्रशंसा गरेकी छन् । 
भ्यालेनटाइन स्पेशल गीतको रुपमा आफुले यो गीत ल्याएको गायिका जुनुले बताइन् । 
गीतमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ । सुरेश काफ्लेको छायाँकन रहेको भिडियोमा थुप्रै ड्रोन शट खिचिएका छन् । जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाइ सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्, भने बिकाश ज्ञवालीको सम्पादन रहेको छ । मिलन दाहाल र निशा घिमिरेले गीतमा मोडलिङ गरेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप