‘पेइङ’ सेवाबाट छ महिनामा छ करोड आम्दानी
बिहीबार, १३ माघ २०७३, ०९ : ५१
काठमाडौं - सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा’बाट रु छ करोड आम्दानी गरेको छ ।
अघिल्लो वर्ष अस्पतालले १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले बताए । यो रकम यो वर्ष अझै बढ्न सक्ने उनको भनाइ छ । अस्पतालमा आएमा बिरामी हेर्ने नियमित समयभन्दा अघिपछिको समयमा पनि बिरामी हेरी भएको आम्दानीलाई त्यहाँको सुधार र व्यवस्थापनका काममा खर्च गर्ने गरेको उनले बताए ।
सोही रकम अस्पतालका लागि पानी, बत्ती, सरसफाइलगायत त्यहाँ कार्यरत कर्मचारीका लागि तलबभत्ताका लागि खर्च गर्ने गरिएको छ । अस्पतालले १३ वर्षअघिदेखि पेइङ सेवा उपलब्ध गराउँदै आएको छ । गत वर्ष पेइङ र बहिरङ्गमा एक लाख २५ हजार बिरामीले अस्पतालमा उपचार गराएका थिए । तीमध्ये एक हजार पाँच सय नौ जनाले शल्यक्रिया गराएका थिए ।
स्थापनाकालदेखि गत आवसम्ममा १८ हजारले मुटुको शल्यक्रिया गराएका र त्यसमध्ये १२ हजारको ओपन हार्ट सर्जरी भएको अस्पतालले जनाएको छ । बिरामीको चाप बढ्दै गएपछि एक सय ६० शय्या भएको अस्पतालमा ४० शय्या थप गरी गत साउनदेखि दुई सय शय्याको बनाइएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण