बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला कण्डमबारे महिलालाई नै थाहा छैन

शनिबार, १५ माघ २०७३, १२ : ३४
शनिबार, १५ माघ २०७३

‘किनभने यसलाई योनीमा प्रवशे गराउनुपर्ने भएकाले महिला कण्डमको प्रयोग सुरु सुरुमा समस्या बन्न सक्छ तर यो निकै राम्रो छ र यसको दुई कोटिङले वीर्यलाई निकै सजिलै सोस्ने गर्दछ ।’

मंजरीलाई महिला कण्डमबारे केही वर्ष पहिले मात्र थाहा भयो र यो ‘आरामदायी र सुरक्षित साथी’ त्यतिबेला उनको सहवासको तेस्रो साथी बनेको छ ।

तर ३५ वर्षीया मंजरी सायद ती थोरै महिलामध्येकी एक हुन् जो महिला कण्डमको प्रयोग गर्छिन् ।

महिला कण्डम बनाउने एक कम्पनी क्यूपिडको अनुसन्धान अनुसार मुम्बईमा ६० प्रतिशतभन्दा बढि महिलाले यसबारे सुनेका नै छैनन् ।

मुम्बईमा बस्ने  ३२ वर्षीया मेनकाका ६ वर्षका छोरा छन् तर उनी भन्छिन्, ‘मलाई विश्वास गर्नुहोस्, मलाई यो विषयमा केही पनि जानकारी छैन ।’

महिला कण्डम बनाउने कम्पनी क्यूपिडका अनुसार भारतमा यसको वार्षीक खपत ४० देखि५० हजारमात्र हुन्छ । कम्पनीले मुम्बईमा गरेको शोधमा ३६ प्रतिशत महिलालाई यस्तो कण्डमबारे थाहा नै छैन ।

प्रयोग गर्नेमध्ये ३२ प्रतिशतलाई यसको प्रयोग सन्तुष्ट लाग्यो भने ९ प्रतिशतलाई भने यसको आवश्यकता नभएको महसुस भयो । साथै, १९ प्रतिशत महिलाले आनन्द अनुभवका लागि उनीहरुले महिला कण्डमको प्रयोग गर्ने बताए ।

क्यूपिड संसारभरीका ती तीन–चार कम्पनीमध्येको एक हो जो महिला कण्डम बनाउँछ । यो कम्पनी भारतमा अवस्थित छ यो धेरैजसो विदेश निर्यात हुन्छ ।

तर कम्पनीका अध्यक्ष ओमप्रकाश गर्गका अनुसार देशमा महिलालाई अहिले पनि थाहा छैन कि यो उनको स्वास्थ्यको विषय हो जुन उनीहरुको यौनिक र प्रजनन अधिकारसँग सम्बन्धित छ ।

कम्पनीले अब यसलाई भारतको विभिन्न राज्यमा पुर्याउनका लागि चंडीगढ, अहमदाबाद र हैदराबादजस्तो स्थामा शोध गराउने भएको छ ।

बेंगलुरुका श्री तिरुपती मेडिकल्सका मालिक अमिल शर्माले पछिल्लो ६ वर्षदेखि पसल चलाउँदै आएका छन् तर अहिलेसम्म कसैले पनि महिला कण्डमको खोजी नगरेको बताएका छन् ।

तर पुणेको श्री साई मेडिकोका शिवाजी कुमार भारको भनाई अनुसार उनको पसलमा हरेक महिना ३० देखि ५० वटा महिला कण्डमको माग हुने गर्दछ ।

कुमारको भनाई अनुसार कोही नियमित ग्राहक छन् र कोही पसलमा राखेको देखेपछि उत्साहित भएर किन्ने गर्दछन् ।

फातिमा भन्छिन्, ‘दुई सन्तानलाई जन्म दिनुको पीडा र महिनावारी के कम छ, जुन म आफ्नो योनीमा अर्को हलचललाई निम्तो दिउँ ? म त श्रीमानलाई नै सुरक्षाको बाटो अपनाउन सल्लाह दिन्छु ।’

स्त्री रोग विशेषज्ञ डाक्टर हेतल जोशी भन्छिन्, ‘महिला कण्डमलाई सम्भोगभन्दा पहिले नै लगाउनुपर्छ । योनीमा यसलाई राख्नु र त्यसलाई टिकाइरहनु एक समस्या हुन्छ जसका कारण हामी डाक्टर पनि यसलाई सुझावको रुपमा बताउन चाहन्नौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप