बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

जान्नुहोस्, पायल्सका ३ चरण

बुधबार, १९ माघ २०७३, १० : ४५
बुधबार, १९ माघ २०७३
डा. मुकुन्दराज जोशी ग्यास्ट्रोइन्टेस्टेनल, ल्याप्रोस्कोपिक काठमाडौं मेडिकल कलेज मलद्वारभन्दा चार सेन्टिमिटरभित्र रहेको भागलाई एनल क्यानल भनिन्छ । एनल क्यानलमा धेरै नसा हुन्छन् । रक्तप्रवाह बढी हुने यी नसा दबाबमा हुँदा या रगडिँदा फुल्न थाल्छन् र रगत नै आउन सक्छ । पहिले एनल क्यानलमा भएका मुख्य तीनवटा ठूला नसा फुटेर रगत बग्छ । तर, सबै नसामा बिस्तारै समस्या पर्न जान्छ । दिसा गर्नेक्रममा यस्तो समस्या निम्तिन्छ । यो पायल्सको सुरुवाती समस्या हो । पायल्सका तीन चरणबारे डा. मुकुन्दराज जोशी भन्छन्ः १पायल्सको सुरुवाती चरणको महसुस कमैले मात्र गर्न सक्छन् । यो चरणमा एनल क्यानलमा भएका नसा सुन्निने र दिसा गर्दा फुटेर रगत आउने हुन्छ । दिसा गरिसकेपछि रगत आफैँ बन्द हुन्छ । यो चरणमा कसैलाई पीडा महसुस हुन्छ भने कसैलाई हुँदैन । यो चरणमै चिकित्सकलाई देखाएर औषधि सेवन गरेमा तथा आफ्नो बानी व्यवहारमा परिवर्तन ल्याएमा पायल्सको समस्या पीडादायी हुँदैन । २ पायल्स बढेर दिसा गर्दा बाहिर आउने र दिसा गरिसकेपछि पुनः भित्रै जाने अवस्था दोस्रो चरण हो । पायल्स यो चरणमा पुगेपछि सुईमार्फत औषधि दिएर कुसन (फुलेका नसा)लाई भित्रै ब्यान्डिङ गरिन्छ । दोस्रो चरणमा पुगिसकेको पायल्स घरमै ठीक हुन्छ भनेर ढिलाइ गर्नु हुँदैन । चिकित्सककहाँ जानैपर्छ । ३ नसा बाहिर नै अड्किने समस्या भयो भने पायल्स तेस्रो चरणमा पुगिसकेको बुझ्नुपर्छ । यो चरणमा पुगेको पायल्सको उपचार शल्यक्रियामार्फत गरिन्छ । अर्को नयाँ प्रविधि पनि आएको छ, जसमा बाहिर आएको भागलाई निकालेर बाँकीलाई भित्र नै फिक्स गरिन्छ । यसो गर्दा दुखाइ कम हुने र घाउ भित्र नै हुने हुँदा चाँडो आराम मिल्ने तथा काममा हिँड्न सकिने हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप