जान्नुहोस्, पारिवारिक भ्रमणमा निस्कँदा के गर्ने ?
बुधबार, १९ माघ २०७३, १० : ५२
यम खड्का , प्रबन्ध निर्देशक , एरोलिना ट्राभल
पछिल्लो समय नेपालमा परिवारका साथ घुमघाममा निस्कनेहरूको संख्या बढ्दै गएको छ । खासगरी, उपत्यकाआसपास रहेका गन्तव्य यसरी घुम्न जाने आन्तरिक पर्यटकका कारण भरिभराउ छन् । त्यसमाथि यो मौसम पिकनिक र घुमघाममा जानेहरूका लागि उपयुक्त मानिन्छ । तर, परिवारका साथ घुमघाममा निस्कँदा केही कुरामा ध्यान दिन सकिएन भने पूरै ट्रिप खल्लो हुन सक्छ । तर, स–साना पक्षमा मात्र ध्यान राख्न सकियो भने पनि भ्रमण पूरै अविस्मरणीय बनाउन सकिन्छ । परिवारका साथ घुम्न निस्कनुअघि सबैको व्यक्तिगत चाहना र मनपर्ने विषयमा ध्यान दिनु आवश्यक छ ।
यात्रा लामो होस् या छोटो, यात्रामा सहभागी सबैको खुसी र चाहना बुझ्ने कोसिस गर्नुपर्छ । यसका लागि सबैस“ग व्यक्तिगत रूपमा सोधेर मनपर्ने कुराहरूको सूची नै बनाउन सकिन्छ । यसले सबैको मनपर्ने सामग्री साथमै रहन्छ । जसले गर्दा आउटिङको पूर्ण मज्जा सबैले लिन सक्छन् ।
घुम्न निस्कँदा म्युजिक, फन गेम्स, रमाइलो मुड बनाउने पुस्तक, स्न्याक्स, जुस, पानीलगायतका महत्वपूर्ण वस्तु छुटाउनु हुँदैन ।
यस्तो यात्रामा तयारी खानाभन्दा ड्राइफुड तथा फलफूलमा बढी ध्यान दिनु राम्रो हुन्छ । किनभने, छोटो समयको अन्तरालमा कोही न कोहीलाई केही न केही खाइराख्नुपर्छ ।
यदि बच्चा पनि साथमा छन् भने उनीहरूलाई व्यस्त बनाइराख्ने सामग्री पनि साथमा राख्नुपर्छ । त्यसका लागि खेल सामग्रीहरू राख्न सकिन्छ ।
थप टिप्स
यात्राको योजना सकभर परिवारका सबै सदस्य बसेर बनाउनुहोस् ।
यात्रा अवधिभरलाई पुग्ने पैसा बोक्नुहोस् । सबैका लागि आवश्यक सबै सामग्री साथमा लैजान नबिर्सनुहोस् ।
परिवारसँग हुँदा सकभर मदिराजन्य पदार्थमा रमाउनुभन्दा यात्राको असली मज्जा लिने गर्नुहोस् ।
यात्रामा पारिवारिक सन्दर्भ नउठाउनुहोस् । यसले यात्रा खल्लो बनाउन सक्छ ।
केही महत्वपूर्ण औषधि तथा फस्र्ट एड किट पनि साथमा राख्न भुल्नु हुँदैन । पेट, घाँटी, खोकी तथा टाउको दुख्ने औषधि साथमा राख्नुपर्छ ।
बच्चाका केही अतिरिक्त कपडा पनि बोक्नुपर्छ । भ्रमणमा जानुअघि र गएर आएपछि आफ्नो छरछिमेकलाई जानकारी दिन भुल्नु हुँदैन ।
यस्तो जानकारीले छरछिमेकले घरको ध्यान राखिदिन्छन् । महँगा सामान तथा गहना घरमा छोड्नु राम्रो हुँदैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण