बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुटुको चाल बन्द भए सिपिआर

बुधबार, १९ माघ २०७३, ११ : १५
बुधबार, १९ माघ २०७३
मुटुको चाल बन्द भएर कोही व्यक्ति अचानक ढलेको अवस्थामा चाललाई पुरानै अवस्थामा ल्याउन तत्काल गरिने सेवा हो– सिपिआर । आपत्कालीन चिकित्सा सेवा पद्धतिमा सिपिआर सेवा प्रभावकारी मानिन्छ । चाल बन्द भएका बिरामीलाई सुताएर  बिस्तारै–बिस्तारै छाती थिच्ने गरिन्छ । यस्तो उपचार चिकित्सकले मात्रै होइन, अन्य व्यक्तिले पनि सजिलै गर्न सक्छन् । मुटुको चाल बन्द भएको अवस्थामा तत्काल गर्ने सिपिआर उपचार तरिकाबारे  डा. राजीव राजभण्डारी भन्छन्ः तत्काल मुटुको चाल बन्द भए
  • मानिसको मुटुको चाल अचानक बन्द भएर ढलेको अवस्थामा सबभन्दा राम्रो उपचार विधि ‘सिपिआर’ हो ।
  • यसरी ढलेका बिरामीको मुटुको चाल बन्द हुन सक्छ । त्यसैले तत्काल अस्पताल पुर्‍याउनुभन्दा पहिला ढलेकै ठाउँमा सुताएर बिरामीको छाती बिस्तारै थिच्नुपर्छ ।
  • यसरी सामान्य उपचारमा पनि ध्यान दिन नसकिएमा बिरामीको मस्तिष्कमा समस्या आउन सक्छ । मुटुको चाल बन्द भएर अचानक ढलेको व्यक्तिको छातीमा बिस्तारै–बिस्तारै थिचेर मुटुको चाललाई पुरानै अवस्थामा फर्काउन सकिन्छ ।
  • यस्तो सेवाले शरीरमा रक्तसञ्चार भएर समस्यामा रहेका बिरामीको ज्यान जोगाउन सकिन्छ । सिपिआर सेवा सामान्य विधि भएका कारण मुटुमा समस्या आएर ढल्नासाथ आत्तिनुपर्दैन । अस्पताल पुर्‍याउने अवस्थासम्म यो सेवा दिइरहनुपर्छ ।
मुटुको चालमा समस्या आउने कारण
  • अचानक मुटुको चाल बन्द भई रगतको प्रवाह रोकिएको अवस्थामा मस्तिष्क (हाइपोक्सिक ब्रेन ड्यामेज), मिर्गौलालगायत शरीरका महत्वपूर्ण अंगले काम गर्न नसक्ने हुन सक्छ ।
  • यस्तो अवस्था आएमा कार्डियोपल्मनरी रिससिटेसन (सिपिआर) विधिबाट पहिलेकै अवस्थामा फर्काउन सकिन्छ । तर, त्यसका लागि समयमै अस्पताल पुर्‍याउनुपर्छ ।
  • अचानक बेहोस भएर ढलेका बिरामीलाई सिपिआर विधि अपनाए मस्तिष्कमा पर्ने आघातबाट बचाउन सकिन्छ ।
  • मानिसको मुटुको धड्कनमा खराबी आउँदा, हृदयाघात हु“दा र मस्तिष्कको नसा फुट्दा (ब्रेन ह्यामरेज) मानिस एक्कासि बेहोस भएर ढल्ने गर्छन् ।
  • मानिसको मुटुको धड्कन एक्कासि दुई सयदेखि दुई सय ५० प्रतिमिनेटको गतिमा धड्किँदा मानिस बेहोस भएर ढल्न सक्छ ।
  • मानिसमा अचानक मुटुको चाल बन्द हुने समस्या जन्मजात वा अन्य विभिन्न रोगका कारणले हुन सक्छ ।
  • मानिसमा एक्कासि मुटुको धड्कन बढ्ने समस्या कति खेर आउँछ भन्ने अनुमान गर्न सकिँदैन । धेरै शारीरिक अभ्यास नगर्नेहरूको मुटु मोटो हुन्छ । यसले मानिसको मुटुको चालमा एक्कासि समस्या ल्याउने र बन्दसमेत हुन सक्ने अवस्था आउन सक्छ ।
  • दैनिक बिहान व्यायाम गर्ने बानीको विकास गर्नुपर्दछ । यसले मुटुको समस्या कम गर्दछ । सकेसम्म पाँच किलोमिटर दैनिक दौडने बानी पनि स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ ।
नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप