घरभित्रै किन रोप्ने बिरुवा ?
बुधबार, १९ माघ २०७३, ११ : ३६
मीनबहादुर तामाङ, महासचिव , नेपाल फ्लोरिकल्चर एसोसिएसन
आजकालका आधुनिक घरभित्रै बिरुवा रोप्ने (इन्डोर प्लान्ट) ट्रेन्ड छ । घरका कोठा प्राकृतिक रूपमा हरियाली, रंगिचंगी र रमणीय बनाउन धेरैले चासो देखाउने गर्छन् । आखिर किन रोप्ने घरभित्रै बिरुवा ? यसका फाइदा कस्ता छन् ? नेपाल फ्लोरिकल्चर एसोसिएसनका महासचिव मीनबहादुर तामाङ भन्छन् :
घरभित्रै फूलको बिरुवा रोप्दा घरको वातावरण रमणीय बनाउनुका साथै हावासमेत शुद्ध बनाउँछ । हरियो बिरुवाले स्वास्थ्यमा फाइदा गर्नुका साथै मनमा शान्ति प्रदान गर्छन् ।
घरमा बालबालिका छन् भने विभिन्न बोटबिरुवासम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्राप्त हुन्छ ।
घरभित्र रोपिने बिरुवा अधिकांश फूल नफुल्ने जातका नै हुन्छन् । फूल नफुल्ने बिरुवाले तुलनात्मक रूपमा अक्सिजन बढी पैदा गर्छन् ।
फूल फुल्ने बिरुवा पनि घरभित्र रोप्न सकिन्छ । यस्ता बिरुवाले घरको आकर्षण बढाउन भूमिका खेल्छन् ।
बाहिर बगैँचा बनाउन उपयुक्त स्थानको अभाव छ, तर पनि घरमा बोटबिरुवा लगाउन मन लाग्छ भने इन्डोर प्लान्ट उपयोगी हुन्छ । घरभित्र रोप्ने बिरुवाका लागि बाहिर बगैँचामा रोप्ने बिरुवालाई जति स्याहारको आवश्यकता पनि पर्दैन । त्यसैले व्यस्त व्यक्तिहरूका लागि पनि यो उत्तम हुन्छ ।
बाहिर रोपिने बिरुवालाई जस्तो मल र पानी पनि घरभित्रै रोपिने बिरुवालाई दिनु पर्दैन । आउटडोर प्लान्टलाई दैनिक मल–पानी चाहिन सक्छ भने इन्डोर प्लान्टलाई हप्तामा दुई–तीनपटक दिए पुग्छ ।
घरभित्र गमला र प्लास्टिकमा बिरुवा रोप्न सकिन्छ । घरभित्र रोपिने जातका बिरुवा तुलनात्मक रूपमा सस्ता पनि हुन्छन् ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण