बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सावधान ! खाली पेट लिची खाँदा ज्यान जानसक्ने खतरा

बिहीबार, २० माघ २०७३, ०९ : ३८
बिहीबार, २० माघ २०७३

बिहारको मुजफ्फपुरमा पछिल्ला दुई दशकमा सयौं बच्चाको ज्यान लिने संदिग्ध रोगको पत्ता लागेको छ ।

स्थानीय मानिसहरुले ‘चमकी’ भन्ने यो रोगको हरेक वर्षको मे र जुन महिनामा उत्कर्षमा पुग्छ जसले थुप्रै बच्चाको ज्यान लिने गर्दछ ।

सन् २०१४ मा मात्र ३९० बच्चाहरु यो रोगले ग्रसित भएपछि अस्पतालमा भर्ना गराएका थिए जसमा १ सय २२ को मृत्यु भएको थियो ।

भारत र अमेरिकाका वैज्ञानिकको संयुक्त कोसिस पछि खाली पेटमा धेरै लिची खाँदा यो रोग लागेको पत्ता लागेको छ ।

करिब तीन वर्षको अनुसन्धानपश्चात् यो नतिजा चर्चित विज्ञान पत्रिका ल्यासेन्ट ग्लोबलमा छापिएको छ ।

वैज्ञानिकका अनुसार लिचीमा हाइपोग्लिसीन ए र मिथाइलेन्साइक्लोप्रोपाइग्लिसीन नामको विषालु तत्व हुन्छ ।

अस्पतालमा भर्ना भएका धेरैजसो बच्चाहरुको रगत र पिसाबको जाँचमा यिनै तत्वको मात्रा बढि पाइएको थियो ।

यीमध्ये धेरैजसो बच्चाले बेलुकाको खाना खाएका थिएनन र बिहान धेरै लिचि खाएका थिए । यस्तो स्थितीमा यो तत्वको धेरै असर घातको हुने गर्दछ ।

बच्चामा कुपोषण भएको र पहिलेदेखि नै रोगी भएका अवस्थामा पनि धेरै लिचि खाँदा यो रोगको खतरा बढ्न सक्छ ।

डाक्टरले इलाकाका बच्चाहरुलाई सिमित मात्रामा लिचि खाने र त्योभन्दा पहिले सन्तुलित भोजन लिने सल्लाह दिएका छन् । भारत सरकारले यो विषयमा एक निर्देशन पनि जारी गरेको छ ।

मुजफ्फरको इलाकामा धेरै लिचि फल्ने गर्दछ र संसारभरीको बजारमा यहाँबाट निर्यात गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप