स्तनमा ट्याटुको किन बढ्दो छ ‘क्रेज’ ?
जो महिलाले स्तन क्यान्सरका कारण शल्यक्रिया गराएका छन् उनीहरुका लागि ट्याटु आर्टिस्ट क्लेयर लुईस विलिस एक आशा हुन् । लुईसले यी महिलाहरुलाई निःशुल्क निप्पल ट्याटु बनाउने प्रस्ताव पेश गरेकी छिन् ।
लुईसको यो प्रस्तावलाई स्तनको शल्यक्रिया गराएका महिलाले निकै स्वागत गरेका छन् । उनको यो प्रस्तावपश्चात् नै निपल ट्याटुको माग अचानक बढेको छ ।
निप्पल ट्याटुको विज्ञापन गर्ने लुईस बेलायतको वेमस शहरमा बस्छिन् । उनको विज्ञापनपश्चात् यसको बुकिङ अत्यधिक बढेको छ । लुईसले आफ्ना सहकर्मीहरुलाई पनि यो प्रविधि सिकेर यसलाई निःशुल्क गर्न प्रस्ताव गरेकी छिन् । लुईसको यो कदमले इन्टरनेटमा निकै चर्चा बटुलेको छ ।
लुईसले निप्पल ट्याटुसँग जोडिएको आफ्नो कामका तस्बिरहरु पनि फेसबुकमा पोष्ट गरेकी छिन् ।
उनका अनुसार उनले यो काम पछिल्लो तीन वर्षदेखि गर्दै आएकी छिन् । यद्यपी, आफूले नयाँ प्रविधि सिकेपछि यसका तस्बिरहरु फेसबुकमा पोष्ट गर्न थालेको बताएकी छिन् ।
निप्पल ट्याटु के हो ?
निप्पल ट्याटु सन् २०१३ मा प्रचलनमा आएको हो । यसलाई स्तनको घेरा नजिकै बनाइन्छ । स्तनको शल्यक्रिया पश्चात् पुनः यसलाई आकार दिन निप्पल ट्याटु एक मेडिकल पद्धती हो । यो ट्याटुले ती महिलाहरुमा आत्मविश्वास फर्काउन सहयोग गर्ने बताएको छ जसले क्यान्सरका कारण आफ्नो स्तन गुमाउनु पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण