‘कृ’को ‘मैले जानी नजानी’ गीतमा यस्तो छ अनमोल र अदितिको रोमान्स
काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘कृ’को दोस्रो गीत ‘मैले जानी नजानी’ रिलिज गरिएको छ । सोमबार रानधानीमा आयोजित एक कार्यक्रम सहित रिलिज गरिएको गीतमा अभिनेता अनमोल केसीले अभिनेत्री अदीति बुढाथोकीसँग रोमान्स गरेका छन् । ३ दिन लगाएर स्कटल्याण्डमा खिचिएको यो गीतको लोकेशन र छायांकन पक्ष राम्रो देखिएको छ ।
ट्रेलर र ‘यति यति पानी’ बोलेको गीतले चलचित्र बजार तताई रहेको बेला यो गीतले चलचित्रको चर्चा चुलिमा पुर्याउन झन् मद्दत गर्ने निर्माता मध्यका एक भुवन केसीले बताए ।
गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी रहेको छ ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता कमल गिरी र सह–निर्माता श्री पराजुली रहेका छन् ।
चलचत्रिमा अनमोल र अदितीको अलवा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण