सरुको गीतमा एलिशाको झ्याईँ झ्याईँ...
काठमाडौं – अभिनेत्री तथा नृत्यांगना एलिशा राईले आफूलाई झ्याईँ झ्याईँ पार्ने रहर जागेको कुरा नृत्यमार्फत व्यक्त गरेकी छिन् । गायिका सरु राई सरस्वतीको नयाँ गीत ‘झ्याईँ झ्याईँ झ्याईँ...’ को म्युजिक भिडियोमा एलिशाले अभिनेता निराजन प्रधानसंगै झ्याईँ पार्ने चाहना व्यक्त गरेकी हुन् ।
हालै सार्वजनिक उक्त गीतमा गायिका सरु राईकै शब्द तथा संगीत सुन्न सकिन्छ । प्रदीप जोशीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
आधुनिक शैलीको उक्त गीत नृत्यपरक छ । पहिलो पटक सुन्दैमा नाचौं–नाचौं लाग्ने उक्त गीतको भिडियोमा चर्चित नृत्यांगना एलिशा राईले दर्शकको मन जित्ने शैलीको नृत्य गरेकी छिन् । भिडियोमा एलिशालाई अभिनेता निराजन प्रधानले अभिनय गरेर साथ दिएका छन् ।
युवराज वाइवाद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण