अल्का अस्पतालद्वारा उपचारमा लापरबाही, यसरी गयो गंगाको ज्यान
काठमाडौं– ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । सुनसरीको धरानकी ५६ वर्षीया गंगा राईको मृत्यु भएको हो । मृतकका आफन्तले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै दोषीलाई कारबारी र उचित क्षतिपूर्तिको माग गरेका छन् ।
कलोजोको रोगी गंगाले २ वर्षयता नियमित अल्कामै चेक जाँच गराउँदै आएकोमा फेरि एकाएक थप समस्या देखिएपछि आफन्तले बुधबार दिउँसो अस्पताल पुर्याएका थिए ।
अस्पतालमा पुर्याउँदासम्म अवस्था त्यति जटिल नभएको मृतकका ज्वाई राजकुमार राईले बताए । अस्पतालले बिरामीलाई आइसियुमा राख्नुपर्ने बताएपछि त्यहाँ पठाइएको तर आइसियुमा लापरबाही गरिएकाले अकालमै आफ्नो सासुको मृत्यु हुन पुगेको उनले* बताए । राजकुमारका अनुसार अस्पतालका डाक्टर तुप्चेन लामाको सिफारिसमा गंगालाई आइसियुमा पठाइएको थियो । तर अस्पतालले आइसियुमा डाक्टर त परै जाओस् नर्स समेत नहुँदा आमाको अकालमा मृत्यु हुन पुगेका छोरी पुनमले रुँदै रातोपाटीलाई बताइन् ।आफन्तका अनुसार राती एकाएक बिरामीको मृत्यु भएको जानकारी अस्पतालले आफन्तलाई दिएको थियो । मृत्यु पश्चात अस्पतालले पीडितलाई उचित क्षतिपूर्ति र दोषी डाक्टरलाई कारबाही गर्ने भनि प्रतिबद्धता जनाएपनि कार्यान्वयन हुन नसकेपछि घटना बाहिर आएको हो । अस्पतालका कलेजो रोग विशेषज्ञ अनन्त श्रेष्ठले तत्काल दोषीलाई कारबाही गर्ने भनि घटनालाई थामथुम पार्ने प्रयास गर्दै शब बुझ्न समेत बाध्य पारेको राजकुमारले बताए । अहिले मृतकको शब त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
आफन्तले उचित क्षतिपूर्ति पाउनु पर्ने, दोषी डाक्टरमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेका छन् । उनीहरुले माग पूरा नभए अस्पताल घेराउ गर्नेसम्मको चेतावनी दिएका छन् भने मृतकको अन्यष्टि पनि नगर्ने बताएका छन् । घटनाको जानकारी पाएलगत्तै रातोपाटीकर्मी अस्पतालमा पुग्दा पीडितहरुले अस्पतालले आफूहरुको माग पूरा नगरेको गुनासो गरे ।
अस्पताल प्रशासनका एक अधिकारीले अस्पतालको तर्फबाट भएको कमजोरी स्वीकार गर्दै पीडितको माग सम्बोधन गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिए । अस्पतालले कामविशेषले अनन्त श्रेष्ठ ‘बाहिर’ भएकाले माग सम्बोधन गर्न केहि समय लाग्ने समेत बताएको छ । हेर्नुस् भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण