बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

चायाको समस्या, समाधानका उपाय

शनिबार, २२ माघ २०७३, ११ : ११
शनिबार, २२ माघ २०७३
मानिसको तालुमा रहेको छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । यसरी तालुमा छाला मर्ने र नयाँ पैदा हुने क्रम जारी रहँदा टाउकोमा सेता मसिना फुस्रा दागहरू देखिन थाल्छ । यसैलाई हामी चाया भन्छौँ । टाउकोमा बढी चाया पर्दा अरूका अगाडि लाजमर्दो स्थिति पैदा हुने, आत्मविश्वास गुमाउने र आत्मबल पनि कमजोर हुने अवस्था आउने हुन्छ । त्यसैले चायालाई सही रूपमा व्यवस्थापन गर्नु राम्रो हुन्छ । त्यसका लागि आवश्यक जानकारीबारे डा. सबिना भट्टराई यसो भन्छिन्ः चाया पर्ने कारण चाया पर्नुको सही कारण अहिलेसम्म पत्ता लागेको छैन । तर, छालासम्बन्धी धेरै विशेषज्ञ के कुरामा सहमत छन् भने हाम्रो तालुमा पिटिरोस्पोरम ओभली नामक फंगसको मात्रामा वृद्धि भयो भने चाया पर्छ । चाया कुन उमेरमा बढी ? चाया जुनसुकै उमेरमा पनि पर्न सक्छ । तर, यो विशेष गरेर १२ देखि २० वर्षको उमेरमा बढी देखापर्छ । सामान्यतः जाडो मौसममा यसले बढी सताउँछ । चिल्लो कपाल र चिल्लो तालुमा चाया बढी पर्छ । मानिसको तालु र कपालबाट धेरै तेल वा चिल्लो पदार्थ उत्पादन भयो भने चाया पर्ने सम्भावना बढी हुन्छ । त्यस्तै, मानिसमा देखिने केही रोगका कारण पनि चाया पर्ने गरेको पाइन्छ । यसबारे आधिकारिक कारण पत्ता नलागेको भए पनि रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा बढी चाया पर्ने गर्छ । यसका लागि केटोकोनाजोल प्रयोग गर्न सकिन्छ । चिकित्सकलाई देखाउने अवस्था यदि कसैको तालु रातो भयो, चिलाउन थाल्यो, त्यहाँबाट रगत आयो वा पोल्न पनि थाल्यो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । यस्तो समस्या अनुहारमा पनि आउन सक्छ । यदि तालुको केही भागका छाला खुइलिन थाल्यो, कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । चाया पर्नुका सम्भावित कारण हर्मोनमा हुने परिवर्तन । मानिसको वंशाणुगत गुण । नुहाउन अल्छी गर्ने र अस्वस्थ मानिसहरू । टाउकोमा धेरै पसिना आउने समस्या । स्वस्थ खानपिन नहुनु । कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग । चिसो मौसम तथा घरभित्र तातो बनाउन पारिएको सुक्खा वातावरण । मानिसमा उत्पन्न भएको लामो समयदेखिको तनाव, थकान र चिन्ता । शरीरमा आउने एलर्जी वा हाइपरसेन्सिटिभिटी । छालाको स्याहार गर्ने तरिका चायालाई पूरै निर्मूल पार्न सकिँदैन, तर यसको असरलाई निश्चित रूपमा कम गर्न भने अवश्य सकिन्छ । त्यसका लागि मानिसले लिने तनावलाई कम गर्दै लैजाने प्रयास गर्नुपर्छ । नियमित रूपमा कपाल स्याम्पुले धुनुपर्छ । कपाल सज्जा गर्ने विभिन्न किसिमका रसायनयुक्त साधन प्रयोग नगर्नु राम्रो हुन्छ । स्वस्थ खानेकुरा सेवन गर्ने विशेष गरेर जंकफुड नखाने । चर्को घामबाट बच्ने र हिँड्नैपरे पनि छाताको सहारा लिने गर्नुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप