बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सुत्नुभन्दा पहिले नगर्नुहोस् यी ९ गल्ती, बढ्नेछ तौल

सोमबार, २४ माघ २०७३, १४ : ३४
सोमबार, २४ माघ २०७३

थुप्रै पटक सुत्नुभन्दा पहिले केही गल्ती गर्दा तौल बढ्न सक्छ । डा. अवधेश मिश्राले सुत्नुभन्दा पहिले गर्ने गल्तीबारे जानकारी दिँदैछन् । यस्ता गल्ती नगरी आफ्नो तौल नियन्त्रणमा राख्न सकिनेबारे उनले जानकारी दिएका छन् ।

बेलुका खाना नखानुः

यसो गर्दा मेटाबोलिजम स्लो हुन्छ । बिहान धेरै भोक लाग्छ र तपाईं धेरै खानुहुन्छ ।

के गर्ने ? यदि राती धेरै भोक लागेको छैन भने सलाद, फलफूल वा दही खानुहोस् ।

बेलुका धेरै काब्रोहाइड्रेट भएको खाना खानुः

पिज्जा, पास्ताजस्ता काब्रोहाइड्रेट भएको खानामा क्यालोरी धेरै हुन्छ । यस्तो खाना राती खाँदा फ्याट बढ्छ ।

के गर्ने ? राती प्रोटिन भएको खानेकुरा, तरकारी र फलफूल खानुहोस् ।

धेरै खाना खानुः

राती पाचन क्रिया स्लो हुन्छ । यसले क्यालोरी बर्न हुँदैन र शरिरमा फ्याट जम्मा हुन थाल्छ ।

के गर्ने ? टिभी हेर्दै खाना नखानुहोस् । प्रोटिन र तरकारी धेरै खानुहोस् ।

खानेबित्तिकै सुत्नुः

यसो गर्दा शरिरको क्यालोरी बर्न गर्न र पाचनका लागि पर्याप्त समय पाइँदैन ।

के गर्नेः सुत्नुभन्दा ३ /४ घण्टा पहिले खाना खानुहोस् । खाना खाएपछि थोरै समयका लागि हिँड्नुहोस् ।

कफी वा रक्सी पिउनुः

यसो गर्दा निन्द्रा नलाग्न सक्छ । एम्प्टी क्यालोरीले तौल बढ्न सक्छ ।

के गर्नेः एक कप ग्रीन टी पिउनुहोस् । गुलियो कुरा थोरै खानुहोस् ।

आइसक्रिम वा धेरै गुलियो खानेकुरा खानुः

गुलियो खानेकुरामा धेरै क्यालोरी हुन्छ । यसले शरिरमा फ्याट जम्मा हुने गर्दछ ।

के गर्नेः गुलियो खानेकुरा सकेसम्म कम खानुहोस् ।

राती अबेरसम्म जागा हुनुः

प्रत्येक दिन ७ देखि ८ घण्टा नसुत्दा मेटाबोलिजम स्लो हुन्छ, फ्याट बर्न हुँदैन । भोक धेरै लाग्छ ।

के गर्नेः एउटा निश्चित तालिका बनाउने । सुत्ने र उठ्ने समय फिक्स गर्नुहोस् ।

बेलुका धेरै तारेको, भुटेको खानेकुरा खानुः

यसमा धेरै क्यालोरी हुन्छ । राती शरिरले यसलाई बर्न गर्न सक्दैन ।

के गर्नेः बेक्ड वा ग्रिल्ड  फुड खानुहोस् ।

डिनरपछि पनि स्न्याक्स खानुः

यसो गर्नुभयो भने ओभरइटिङ हुन्छ । स्न्याक्टमा एम्प्टी क्यालोरी हुन्छ जसले तौल बढ्ने गर्दछ ।

के गर्नेः बेलुकाको खाना खाएपछि केही पनि खाने बानी छ भने यो बानी परिवर्तन गर्नुहोस् । सौफ वा अलैंची खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप