राजेशपायलको भ्यालेनटाइन गीत ‘तिमीलाई नसम्झिने त...’ (भिडियो)
काठमाडौं । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायले राईको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित गरेर ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक गरिएको हो ।
बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको यस गीतको भिडियोलाई पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका राधाकृष्ण आचार्यल निर्देशन गरेका हुन् । ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ गीतको यस भिडियोमा सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् । यस प्रेमभाव गीतको भिडियो निकै मार्मिक बनेको छ । प्रेम गर्ने प्रेमी–प्रेमिका लागि लक्षित यो गीत राजेशपायलले गाएको पछिल्लो प्रेमभाव युक्त गीत हो ।
भर्सटाइल गायकका रुपमा समेत कहलिएका राजेशपायलले यस गीतमार्फत सुगमसंगीतका लागि एकपटक फेरि दरिलो खम्बाका रुपमा प्रस्तुत गरेका छन् । गीतको भावना अनुसार निर्देशक आचार्यले कथा चित्रण गर्न सफल भएका छन् । यस भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण