क्यान्सरबारे जान्नैपर्ने केही कुरा
बुधबार, २६ माघ २०७३, १३ : ४०
सामान्य अवस्थामा रहेका शरीरका कोषहरू एकाएक बढ्न थाल्छन् । जसले मानिसको शरीरमा अचानक समस्या ल्याउन थाल्छ । यस्तो समस्याले दैनिक जीवनयापन या जीवनशैलीलाई प्रत्यक्ष प्रभाव पार्न थाल्छ । यसरी शरीरको कुनै भाग या अंगमा आउने समस्या क्यान्सरको प्रारम्भिक अवस्था हुन सक्छ । क्यान्सरको अर्को अवगुण भनेको एक ठाउँबाट अर्को ठाउँमा सर्नु हो ।
शरीरको कुनै एक अंगमा देखिएको क्यान्सर नजिकैको अर्को अंग या टाढाको भागमा फैलियो भने त्यसलाई मेटास्टासिस भएको भनिन्छ । शरीरका कुनै पनि भागका क्यान्सरको समस्या हुने कारण र समाधानका उपायबारे डा. आबिस अधिकारी यसो भन्छन्ः
क्यान्सर मानिसको कुनै पनि भागमा हुन सक्छ । पुरुषमा फोक्सोको क्यान्सर र मुखको क्यान्सर बढी भएको पाइन्छ । त्यस्तै, महिलामा भने पाठेघरको मुख र स्तनको क्यान्सर बढी हुने गरेको पाइन्छ ।
क्यान्सरको समस्या वंशाणुगत
कारणले पनि हुन सक्छ । तर, अधिकांश क्यान्सरको प्रमुख कारण चुरोट र खैनीको सेवन नै मानिन्छ । क्यान्सरको समस्या भएर आउने बिरामीहरूमध्ये सयमा ८० जना चुरोट वा खैनी खाएकै कारण क्यान्सर भएका हुन्छन् । त्यसैले पनि चुरोट वा खैनी प्रयोग गर्ने मान्छेलाई क्यान्सर हुने सम्भावना धेरै मात्रामा हुन्छ ।
मानिसलाई क्यान्सर भएको छ र त्यसलाई काटेर फ्याल्न मिल्ने छ भने मात्र यसको अप्रेसन गरिन्छ । क्यान्सर लागेको भागलाई काटेर फाल्नुपर्छ । तर, काटेर निकाल्नै नसकिने अवस्थामा पनि क्यान्सर रहेको पाइन्छ । टाउको र घाँटी, रगत वा अरू निकाल्नै नमिल्ने अंगमा क्यान्सर भएको छ भने अप्रेसन सम्भव नहुन सक्छ ।
क्यान्सरका बिरामीलाई किमोथेरापी
क्यान्सरका बिरामीलाई औषधिका रूपमा किमोथेरापी दिने गरिन्छ । पछिल्लो समय धेरै प्रकारका किमोथेरापी बनेका छन् । केही क्यान्सर किमोथेरापीले सजिलै निको हुन्छन् भने केही किमोथेरापीले पनि निको नहुने हुन सक्छन् ।
हरेक किमोथेरापीका आआफ्नै राम्रा र नराम्रा पक्षहरू रहेका छन् । किमोथेरापी गरेको व्यक्तिको कपाल झर्छ, वाकवाक आउने गर्छ भनिन्छ । तर, सबै रोग तथा मानिसलाई किमोथेरापीले त्यस्तो गराउँदैन ।
नेपालमा क्यान्सरको उपचार
नेपालमा क्यान्सरको उपचार धेरै अस्पतालमा हुने गरेको छ । त्यसैगरी किमोथेरापी सेवा पनि धेरैतिर उपलब्ध छ । क्यान्सरको उपचारमा आजकल निकै प्रगति भएको क्षेत्र भनेर रेडियोथेरापीलाई मानिदै आएको छ ।
नेपालमा रेडियोथेरापी वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल र मणिपाल कलेज पोखरामा सेवा उपलब्ध छ । सुरुवाती समयमा नै स्वास्थ्य परीक्षण गरी रोगको निदान गरे क्यान्सर निको हुन्छ । तर ढिला भएको अवस्थामा यसले जटिल समस्या ल्याउने गर्छ ।
रेडियोथेरापी
क्यान्सर भएका बिरामीलाई उपचार गर्ने अर्को विधि भनेको रेडियोथेरापी पनि हो । रेडियोथेरापी भनेको रेडियसनको प्रयोगले क्यान्सरको उपचार गरिने प्रविधि हो । रेडियसनलाई विकिरण पनि भनिन्छ । यसलाई सामान्य भाषामा भन्नुपर्दा, अलि बढी क्षमता भएका एक्सरे भनेर बुझ्न सकिन्छ । रेडियोथेरापी गर्ने विभिन्न मेसिनहरूबाट यसको उपचार हप्तामा ५ दिन गर्नुपर्छ । यस्तो उपचार ६ हप्ता जति गर्नुपर्ने हुन्छ ।
रेडियोथेरापी गर्दा बिरामीलाई पोल्दैन र नदुख्ने कारण बिरामीले केही थाहा नपाउने हुन्छ । रेडियोथेरापी सुरु गरेको दुईदेखि चार हप्तामा कसैकसैको छाला अलि कालो पनि हुन सक्छ । अरू प्रतिकूल असरबारे भने रेडियोथेरापी कुन अंगमा गरिँदै छ त्यसले निर्धारण गर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण