बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बच्चाको खेलौना भन्दा सुरक्षित छन् ‘सेक्स टोय’, अनुसन्धानकर्तासमेत चकित

शनिबार, २९ माघ २०७३, १३ : ४८
शनिबार, २९ माघ २०७३

स्विडेनको एक अनुसन्धान दलले आफ्नो रिपोर्टमा एउटा निकै अचम्मको खोज पेश गरेको छ । सेक्स टोयमा भन्दा बच्चाको खेलौनामा  अत्यधिक खतरनाक केमिकल पाइएको उक्त अनुसन्धानले बताएको छ । गत सोमबार स्विडेनको केमिकल एजेन्सीले आफ्नो रिपोर्ट सार्वजजिक गरेको हो ।

स्विडिस केमिकल एजेन्सीले सन् २०१६ को एक अनुसन्धानमा स्विडेनमा आयात गरिएका र अनुसन्धानमा समावेश गरिएका ४४ सेक्स टोयमध्ये केवल दुई प्रतिशतमा प्रतिबन्धित केमिकल प्रयोग भएको छ । योभन्दा पहिले सन् २०१५ मा गरिएको एक भिन्न अनुसन्धानमा १ सय १२ खेलौनामध्ये १५ प्रतिशतमा सिसासमेत अन्य खतरनाक केमिकल पाइएको बताइएको छ ।

अनुसन्धानकर्ताका अनुसार यो परिणाम उनको लागि पनि चकित पारिदिने छ । अनुसन्धानकर्ताले यस्तो प्रकारको खोज पहिलो पटक भएको दाबी गरेका छन् ।

रिपोर्टका अनुसार ४४ वटा सेक्स टोयमध्ये केवल प्लाष्टिकको एक डिल्डोमा प्रतिबन्धित केमिकल क्लोरिनेटेड प्याराफिन्स पाइयो जसका कारण क्यान्सरको आशंका पैदा हुन्छ ।

बच्चाको खेलौनामा अत्यधिक घातक केमिकल पाइन्छ भनेर निर्धारण गर्न मुश्किल भएको एजेन्सीले बताएको छ । यद्यपी, केमिकल एजेन्सीका प्रवक्ताले यसको एक कारणलाई रेखांकित गर्ने कोसिस गरेको छ ।

उनका अनुसार यसको पछाडि एउटा यो कारण हुनसक्छ कि धेरैजसो सेक्स टोय ठूला कम्पनीले मगाएका हुन्छन् । यस्ता कम्पनीले सेक्स टोय बनाउनेहरुलाई हानिकारक केमिकल प्रयोग नगर्न दबाब दिन सक्छन् ।

उनका अनुसार बच्चाहरुको खेलौनालाई साना कम्पनीले मगाउने गर्दछन् । यस्ता कम्पनीसँग खेलौना निर्माताहरुमाथि दबाब दिने क्षमता कम हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप