बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

निःशुल्क मुटु र मिर्गोला जाँचमा तीन सयले सेवा लिए

शनिबार, २९ माघ २०७३, १६ : १९
शनिबार, २९ माघ २०७३

काठमाडौँ- राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घको आयोजनामा आज रासस परिसरमा भएको निशुल्क मुटु र मिर्गौला परिक्षणमा झन्डै तीन सय जनाले जाँच गराएका छन् । राससको आसन्न ५६आँै वार्षिकोत्सवको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको संयुक्त सहयोगमा भएको सो निशुल्क परिक्षणमा राससभित्रका पत्रकार, कर्मचारी र उनका परिवार तथा विभिन्न सञ्चारमाध्यामका पत्रकारहरुले स्वास्थ्यपरीक्षण गरिएका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमलाल वैद्य, डा उर्मिला शाक्य, डा लक्षेश्वर प्रधान शाह, डा ज्योत्स्ना पराजुली, डा प्रज्ञा सिलवाल, डा भरोसा शर्मा र डा अपूर्व श्रेष्ठको टोलीले २८८ जनाकोे मुटु परीक्षण गर्नुभएको थियो ।

जसमध्ये चारजना बालबालिकाको मुटुमा समस्या देखिएकोले थप उपचारका लागि सिफारिस गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काडमाडौँका ल्याब टेक्निसियनद्वय राजकुमार मिश्र, भोलानाथ पौडेल र रुपा बुढाथोकीले १९३ जनाको मिर्गौला परीक्षण गर्नुभएको थियो । त्यसैगरी १३४ जनाले मधुमेह रोगको जाँच गराउनुभएको थियो । जाँच गराएकामध्ये अधिकाश युवामा उच्च रक्तचापको समस्या देखिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखाका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले मुटुरोगका कारण बर्सेनि धेरै मानिसले ज्यान गुमाएको भन्दै मुटुरोग नै नलाग्ने गरी अगाडि बढ्न अहिलेको आवश्यकता रहेको बताए । उनले  युवा र महिलामा धेरै मुटुरोग हुने गरेको बताउँदै यो रोगप्रति सचेत भई जीवनशैलीमा र खानपानमा ध्यान दिन आग्रह गरे ।

। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप