लामो समय एन्टिबायोटिक खादा के हुन्छ ?
बुधबार, ०४ फागुन २०७३, १० : २१
—लामो समयसम्म एन्टिबायोटिक सेवनले साइडइफेक्ट निम्त्याउने चेतावनी चिकित्सकहरूले दिँदै आएका छन् । सबैभन्दा गम्भीर पाटो यो हो कि यस्ता औषधिको सीधा असर दिमागमा पर्छ । पछिल्लोपटक फ्रान्सको बर्लिनस्थित म्याक्स डेलब्रक सेन्टर फर मलिक्युलर मेडिसिनले पनि रिसर्चपछि यो कुराको पुष्टि गरेको छ ।
—‘दिमागलाई तेज राख्न शरीरमा स्वस्थ ब्याक्टेरिया आवश्यक पर्छ,’ रिसर्चबारे जर्नल सेल रिपोर्टले लेखेको छ, ‘एक विशेष प्रकारको प्रतिरक्षा कोषिकाले ब्याक्टेरिया र दिमागबीच मध्यस्थताको काम गर्छ । शरीर र दिमागबाट निस्किने हर्मोनले सीधा कोषिकाको सम्पर्कको सहाराबाट एक–अर्काबीच सम्बन्ध कायम गर्छन् ।
—यो रिसर्चले एन्टिबायोटिकको सहारा लिनेको शरीरको माइक्रोबायोम (शरीरमा रहेका जीवाणु) नष्ट हुने दाबी गरेको छ । मुसालाई प्रयोग गरेर एन्टिबायोटिकको असरबारे रिसर्च गरिएको हो । एन्टिबायोटिक नदिइएका मुसाको तुलनामा एन्टिबायोटिक दिइएका मुसाको मस्तिष्कको हिप्पोक्याम्पसमा निकै कम संख्यामा मस्तिष्क कोषिका निर्माण भएको थियो ।
—एन्टिबायोटिक खुवाइएपछि कम कोषिका निर्माण भएका मुसामा दिमागी क्षमता कमजोर देखिएको रिसर्चले देखाएको छ । मान्छेमा पनि यो कुरा लागू हुने रिसर्चमा संलग्न विज्ञहरूको दाबी छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण