कम्प्युटर सफा राख्ने यी हुन् ६ तरिका
बुधबार, ०४ फागुन २०७३, ११ : ४९
कम्प्युटर अहिले हरेक घर तथा कार्यालयमा आवश्यक सामग्री हो । घर तथा कार्यालयको कामलाई सजिलो र छिटो बनाउन कम्प्युटर निकै उपयोगी पनि छ । तर, यसको उचित प्रयोग गर्न हेरचाह तथा सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । अधिकांशले कम्प्युटर प्रयोग मात्रै गर्छन्, त्यसको सरसफाइलाई बेवास्ता गर्छन् जसले गर्दा कम्प्युटरको कार्यक्षमतामा ह्रास आउन सक्छ । कम्प्युटरको सरसफाइ तथा कार्यक्षमता कायम राख्न अपनाउनुपर्ने केही तरिकाबारे डिआइटी सोलुसनका प्रशिक्षक सुदीप घिमिरेको सुझाब यस्तो छः
१. कम्प्युटरमा काम गर्दै गरेको अवस्थामा खाने तथा पिउने परिकारलाई टाढै राख्नु उत्तम हुन्छ । कुनै पनि प्रकारको तरल पदार्थले कप्युटरलाई नोक्सान पुर्याउन सक्छ ।
२. हरेकपल्ट कम्प्युटर प्रयोग गर्नुअघि यसको सफाइ गर्नुपर्छ । यदि कम्प्युटरमा बाहिरी ग्याजेट या उपकरणको केबलहरू जडान भएको छ भने सफाइ गर्नुअघि छुटाउनुपर्छ ।
३. कम्प्युटरको सफाइ सफा कपडाले मात्र गर्नुपर्छ । सफा गर्ने कपडामा पानी या तेल लागेको हुनु हुँदैन । यस्तो भएमा कपडामा धुलो टाँसिन सक्छ । यसले कम्प्युटरलाई थप हानि हुन्छ ।
४. किबोर्ड तथा किनाराको सफाइ राम्रोस“ग गर्नुपर्छ । किबोर्डको सफाइ गर्नु ब्रसको सफाइ गर्नु उत्तम हुन्छ ।
५. ब्लोअर तथा सफ्ट ब्रसको प्रयोग गरेर कम्प्युटरभित्रको धुलो सफाइ गर्नु राम्रो हुन्छ । बाहिरी सफाइ मात्र नभएर भित्री सफाइ पनि त्यत्तिकै आवश्यक पर्छ ।
६.कम्प्युटरमा काम गर्न बस्दा आफ्नो हातको सरसफाइमा पनि विशेष ध्यान राख्नुपर्छ । फोहोर हातले कम्प्युटर चलाउँदा किबोर्ड तथा अन्य स्थानमा दाग लाग्न सक्छ । यसले कम्प्युटरलाई फोहोर देखाउनुका साथै बिगार्न पनि सक्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण