छालामा एलर्जी भए के गर्ने ?
शनिबार, ०७ फागुन २०७३, ११ : १०
आफूलाई मन नपर्ने तथा सहन नसक्ने चिज छालामा पर्दा एलर्जी हुन्छ । रङ, फोहोर, आवाजलगायत धेरै कुराको एलर्जी प्रभाव छालामा देखिन सक्छ । एजर्ली भएपछि चिलाउने, फोका उठ्नेजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा अधिकांशले कन्याउने तथा निको हुन्छ भनेर घरेलु उपाय अपनाएको पाइन्छ । तर, अज्ञानमा गरिने यस्ता कामले एलर्जीले ठूलो घाउको रूप लिन सक्छ । छालामा एलर्जी भए के गर्ने र के नगर्ने भन्नेबारे छालारोग विशेषज्ञ डा. सविना भट्टराईले टिप्स दिएकी छिन्ः
—केही फोहोर तथा रङ परेर छालामा एलर्जी भएको हो भने सादा सफा पानीले जतिसक्दो छिटो सफा गर्नुपर्छ । नत्र रियाक्सन भएर एलर्जी बढ्ने तथा फैलिने भयो भने उपचार पनि असहज हुँदै जान्छ । त्यसैले वेलैमा यसलाई नियन्त्रणमा ल्याउनुपर्छ ।
—एलर्जी भएको छाला सफा गरिसकेपछि कोल्ड क्रिम प्रयोग गर्दा राहत मिल्छ । कोल्ड क्रिम उपलब्ध छैन भने चिसो पानीले सेक्न पनि सकिन्छ । एलर्जीमा यस्ता कामले निकै राहत दिन्छ । चिसो पानीले सेक्दा चिलाउन पनि कम हुन्छ ।
—एलर्जी भएको छाला चिलाउने भएकाले अधिकांशले खप्न नसकेपछि कन्याउन थाल्छन् । यो सबैभन्दा ठूलो गल्ती हो । छाला कन्याउन थालेपछि एलर्जीले घाउको रूप लिन्छ र समस्या झन् ठूलो बन्छ । बरु बजारमा नचिलाउने औषधि पाइन्छ । सम्भव भए औषधि सेवन गर्नु राम्रो हुन्छ । त्यसैगरी छालामा हल्का खालको स्टेरोइड दलेर पनि चिलाउने समस्या कम गर्न सकिन्छ ।
—सबै व्यक्ति छालाको एलर्जी हुँदा औषधि र क्रिमको पहुँचमै हुन्छन् भन्ने छैन । यस्तो अवस्थामा घरेलु उपचार पनि गर्न सकिन्छ । तर, अधिकांशले घरेलु उपचार नै गलत तरिकाले गरेर झन् एलर्जी फैलिने गरेको पाइन्छ । एलर्जी भएको ठाउँमा नौनी, घिउजस्ता चिल्लो लगाउँदा फाइदा गर्छ । तर, कागती, अमिलो दल्ने चलन भने गलत हो । यो काम गर्नै हुँदैन । एलर्जीले छाला नै सुन्निन थाल्यो भने त चिकित्सकलाई देखाउनुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण