शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

बच्चालाई धेरै गुलियो खान दिए के हुन्छ ?

आइतबार, ०८ फागुन २०७३, १२ : ३२
आइतबार, ०८ फागुन २०७३
प्रा.निना मोदी  बच्चाहरू गुलियो अर्थात् चिनीयुक्त खानेकुरामा बढी लोभिन्छन् । सामान्यतया ठूला मान्छेभन्दा बच्चाले निकै नै गुलियो खाइरहेका हुन्छन् । तर, अभिभावक बच्चाले कति चिनी खायो भन्ने खासै मतलब राख्दैनन् । अध्ययनले यसलाई एउटा गम्भीर पक्षका रूपमा व्याख्या गरेको छ । बेलायतको नेसनल डाइट एन्ड न्युट्रिसन सर्भेपछि लन्डनको इम्पेरियल कलेजकी प्राध्यापक निना मोदीले भनेकी छिन्– बच्चाहरू आवश्यकताभन्दा बढी चिनी खान्छन् । यो स्वास्थ्यका लागि निकै घातक हुन सक्छः सर्वेक्षण एक हजार दुई सय ८८ वयस्क र एक हजार दुई सय ५८ बच्चामा गरिएको थियो । अध्ययनपछि बेलायतमा चारदेखि १० वर्ष उमेरका बच्चा हरेक दिन एक सय मिलिलिटर गुलियो पदार्थ सेवन गर्दा रहेछन् भन्ने खुलासा भयो । उनीहरूलाई आवश्यक क्यालोरीमध्ये १३ प्रतिशत चिनीबाट नै प्राप्त हुने गरेको भेटियो । यसैगरी, ११ देखि १८ वर्ष उमेरकाले हरेकदिन आहारमा १५ प्रतिशत चिनीयुक्त पदार्थ खाने गरेको र यो आवश्यकताभन्दा तीन गुना बढी हो । यसैगरी, १९ देखि ६४ वर्षका व्यक्तिले पनि आवश्यकताभन्दा बढी नै चिनी खाएको पाइयो । उनीहरूको खानामा १२ प्रतिशत चिनीको मात्रा समावेश भएको सर्वेक्षणमा भेटियो । मुख्यतः बच्चामा गुलियोप्रतिको मोह बढी हुन्छ । बेलायती लाइफस्टाइलमा केन्द्रित रहेर अध्ययन भए पनि गुलियो चिनी बढी सेवन गर्ने संसारभरका बच्चामा एकै प्रकारको असर पर्ने गर्छ । बच्चाको शरीरमा चिनीको मात्रा बढी हुनु सानो उमेरमै स्वास्थ्यमा समस्या आउने कारण पनि बन्न सक्छ । १० वर्ष उमेरका तीन बच्चामा एक बच्चा मोटोपन या बढी तौलको सिकार हुने गरेको अध्ययनले देखाएको छ । यस्तै, पाँच वर्ष उमेरका तीन बच्चामा एक बच्चालाई दन्तक्षयको समस्या निम्तिने गर्छ । अध्ययनअनुसार पाँच वर्ष उमेरका पाँच बच्चामा एक र ११ वर्ष उमेरका तीन बच्चामा एकजना बढी तौलको सिकार भएको पाइएको छ । यसकारण बच्चालाई अत्यधिक चिनी सेवनमा नियन्त्रण गर्न नसक्ने हो भने स्वास्थ्यमा गम्भीर खतरा पैदा हुन्छ । धेरै तौल या मोटोपन भएका बच्चा वयस्क उमेरमा झन् मोटो हुने खतरा रहन्छ । मोटोपनले मुटुको रोग, टाइप टु मधुमेहजस्ता रोग निम्त्याउने सम्भावना बढी हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप