हेडफोनको चाहियो, यसरी छनोट यसरी गरौँ
बिहीबार, १२ फागुन २०७३, १४ : २४
हेडफोन अधिकांशले म्युजिक सुन्न प्रयोग गर्छन् । मोबाइल, ट्याब्लेटजस्ता ग्याजेटमा बढी प्रयोग हुने हेडफोनका विभिन्न मोडेल तथा ब्रान्ड बजारमा उपलब्ध छन् । यस्तोमा उत्कृष्ट हेडफोन छनोट गर्न समस्या हुन सक्छ । आफ्नो आवश्यकता अनुसार हेडफोन छनोट गर्ने तरिकाबारे अन्तरा इन्टरनेसनलका सुदीप रेग्मी यसो भन्छन्ः
बजारमा निकै चलेको ओभर द इयर हेडफोनले कानलाई पूरै ढाक्ने हुनाले बाहिरी हल्ला तथा आवाजलाई कानभित्र छिर्न दिँदैन । यस्तो हेडफोनमा कुसनको प्रयोग हुने कारण घन्टौँ सुनिरहँदा पनि कानलाई असर गर्दैन । उच्चस्तरको बेस साउन्ड मन पराउनेहरूका लागि यस्तो हेडफोन उपयुक्त हुन्छ । यो क्लोज तथा ओपन गरी दुई प्रकारको हुन्छ । क्लोज हेडफोनले बाहिरी आवाजलाई भित्र छिर्न दिँदैन, तर ओपन हेडफोनले त्यस्तो गर्न सक्दैन । यदि घरमा प्रयोग गर्नका लागि छनोट गर्दै हुनुहुन्छ भने ओपन हेडफोन उपयुक्त हुन्छ । तर, हिँडडुल गर्दा प्रयोग गर्न भने क्लोज हेडफोन नै राम्रो हुन्छ ।
डिप बेसवाल इन इयर हेडफोनले हल्लालाई पूरै बन्द गराउँछ । यस्तो हेडफोनबाट म्युजिक सुन्न तथा मुभी हेर्दा निकै मज्जा आउँछ । आजकल भ्वाइस कल गर्न इन लाइन माइक्रोफोन पनि जडान गरिएको हुन्छ । स्मार्टफोनको साथमा बढीजसो इन इयर हेडफोन उपलब्ध हुन्छ । यो कानभित्र ठिक्क फिटिङ भएर बस्ने खालको हुन्छ । यसमा रहेको सिलिकन इयर पिसले गर्दा कानभित्र टाँसिएर बस्छ र बाहिरको आवाजलाई भित्र जान दिँदैन । त्यसैले ट्राफिक बढी भएको तथा हल्ला बढी भएको स्थानमा इन इयर हेडफोन उपयुक्त हुन्छ ।
इयरबड कानको भित्री भागका जाँदैन, तर कानमा फिटिङ भएर बस्छ । केही कम्पनीले राम्रो क्वालिटीको बनाए पनि सामान्यतया यस्तो इयर हेडफोनमा गुणस्तरीय साउन्ड आउँदैन । धेरैजसो सस्तो फिचर भएको फोनमा यस्तो हेडफोन पाइन्छ । सामान्य प्रयोगका लागि यो हेडफोन उपयुक्त हुन्छ । यसलाई बोक्न तथा प्रयोग गर्न सजिलो हुने कारण धेरैले रोज्ने गर्छन् ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण