युट्युवलाई टक्कर : अब फेसबुक लाइभबाट पनि पैसा कमाउन सकिने
न्युयोर्क – अब फेसबुकको लाइभ भिडियोमा पनि विज्ञापन प्रकाशित हुने भएको छ ।
सिएनबिसीमा प्रकाशित रिपोर्टका अनुसार फेसबुकले आफ्नो ब्लगमा लाइभ स्ट्रिमरहरुले आफ्नो भिडियोमा विज्ञापन राख्न पाउने सुविधा दिइने जनाएको छ । एक पटकमा २० सेकेण्डसम्म लामो हुने विज्ञापन भिडियो शुरु भएको ४ मिनेट पछि देखिने छ र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा बज्नेछ ।
‘फेसबुकमा हामी आफ्ना साझेदारहरुका लागि उत्पादनहरुको मुद्रीकरण र डिजिटल भिडियोका लागि विज्ञपान विकास गर्नका लागि प्रतिबद्ध छौँ,’ फेसबुकको उपाध्यक्ष रहेका निक ग्रुडिनले बताए ।
यो योजना अनलाइन भिडियो महारथी युट्युवलाई टक्कर दिनका लागि ल्याइएको हो । युट्युवले पनि भिडियो प्रकाशकहरुलाई पैसा कमाउने अवसर दिने गरेको छ ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले पनि भिडियोलाई पछिल्लो समयको मेगा ट्रेन्ड भएको बताएका थिए ।
शुरुवातमा यो सेवा अमेरिकाबाट शुरुवात गरिनेछ । जहाँ २ हजार वा सोभन्दा बढी फलोअर भएका पेज तथा ३ सयभन्दा बढी साथी भएका प्रोफाइलले यो सेवा लिनसक्नेछन् । लाइभ सेसनमा ३ सयभन्दा बढीले हेरेपछि मात्र विज्ञापन प्रकाशित हुने बताइएको छ ।
विज्ञापनबाट आउने पैसा फेसबुक र प्रकाशकले बाँड्नेछन् जसमा फेसबुकको हिस्सा ४५ प्रतिशत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण