शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेन्डिङ : मोदीलाई थाहा छ, ‘कटप्पाले किन मारे बाहुबलीलाई ?’

बुधबार, १८ फागुन २०७३, ११ : ०६
बुधबार, १८ फागुन २०७३

उत्तर प्रदेश – सन् २०१५ मा एसएस राजामौलीको चलचित्र ‘बाहुबली’ ले बक्स अफिसको सबै किर्तिमान ध्वस्त बनाएको थियो । चलचित्रमा हिरो पात्र रहेका बाहुबलीलाई अन्त्यमा उनैको नजिकको मानिएका कटप्पाले नै हत्या गरेको देखाइएको छ । यसको कारण चलचत्रिमा खुलाइएको छैन ।

जसले गर्दा ‘कटप्पाले किन बाहुबलीलाई मारे ?’ भन्ने प्रश्नले निकै चर्चा कमाएको थियो । यसको लागि दर्शकहरुले यसै वर्ष रिलिज हुने चलचित्रको दोस्रो संस्करण पर्खनुपर्ने हुन्छ ।

तर, हालै मात्र एक चुनावी र्यालीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटप्पाको तारिफ गर्दै उक्त प्रश्नको उत्तर आफूलाई जानकारी भएको जिकिर गरेका छन् । मउमा आयोजित र्यालीलाई सम्बोधन गर्दै मोदीले भनेका थिए, ‘एउटा चलचित्र आएको थियो बाहुबली । चलचित्रमा बाहुबललाई राम्रो देखाइएको छ । केही समय उनको शक्ति पनि देखिन्छ । तर, चलचित्रमा ‘कटप्प’ नाम गरेका पात्र पनि थिए जसले बाहुबलीको सबै कुरा तबाह गरिदिन्छन् ।’

सोमबार मोदीले उत्तर प्रदेशमा विजेपीको सरकार आए पनि सबै अपराधीहरुलाई कटप्पाले जसरी सफाया गर्ने बताएका थिए । प्रधानमन्त्री मोदीले मार्च ११ मा चुनावको नतिजा आए पनि बाहुबलीहरुका लागि अप्ठ्यारो हुने बताए । उनले जेल जाँदा हाँस्दै जाने बाहुबलीहरुको दिन बदलिने बताएका थिए ।

मोदीको यो टिप्पणीले सामाजिक सञ्जालमा निकै बहस भइरहेको छ । रेडिटमा एक प्रयोगकर्ताले सोधेका छन्, ‘तपाईंलाई थाहा छ चलचित्रमा बाहुबली एक सकारात्मक पात्र थिए । तपाईंलाई अखिलेशको शासनकाल बाहुबलीको जस्तै लाग्छ ? यदी त्यस्तो हो भने प्रधानमन्त्रीजीले अखिलेशको शासनकाललाई राम्रो भन्नुभएको छ ।’

उता, ट्वीटरमा एक प्रयोगकर्ताले मोदीले बाहुबलीको दोस्रो संस्करणको प्रचारमा उत्रिएको भन्दै खिल्ली उडाएका छन् । आयशा मिनहाज नाम गरेकी एक ट्वीटर प्रयोगकर्ताले लेखेकी छिन्, ‘भनेपछि मोदी जी भनिरहनुभएको छ कि विजेपीले अब अपराधीहरुको साथ दिनेछ ? ठीकै छ, ढिलै भएपनि ।’

मोदीले कटप्पालाई कटप्प भनेकोमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले खिल्ली उठाएका छन् । ट्वीटरमा अमन शर्माले लेखेका छन्, ‘मोदीजीले कटप्पालाई कटप्प भनेका छन् । उनले सारा बाहुवलीहरुलाई खत्तम गर्ने पनि बताएका छन् । तर, हामीलाई अझै थाहा छैन कि कटप्पले बाहुबलीलाई कि मारे ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप