शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिजनेस नभएको भन्दै व्यवस्थापिका–संसद्को भोलिको बैठक स्थगित

बुधबार, १८ फागुन २०७३, ११ : १९
बुधबार, १८ फागुन २०७३

काठमाडौँ - व्यवस्थापिका–संसद्को भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ ।

संसद् सचिवालयले विशेष कारणले भोलिको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ ।

संसद्मा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो ।

संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् । यद्यपि संविधान संशोधन प्रस्तावमाथि संशोधनका लागि दिएको समयसीमाभित्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतले १५ वटा संशोधन दर्ता गराएका छन् ।

सभामुख ओनसरी घर्ती उनका पति पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा छिन् । दलहरुबीच संविधान सशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा उनी तुरुन्त स्वदेश फर्कन सक्ने उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप