शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६ वर्षीया बालिका बालात्कृत, राजापुरमा विरोध प्रदर्शन

बुधबार, १८ फागुन २०७३, ११ : ३४
बुधबार, १८ फागुन २०७३

बर्दिया - पाँच दिनअगाडि ६ वर्षीया बालिकालाई बलात्कार गरेको विरोधमा बर्दियाको राजापुरका विभिन्न विद्यालयका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

बलात्कार गर्ने शिक्षकलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै मंगलबार राजापुर बजारमा विद्यार्थीले विरोधस्वरुप नाराबाजी गर्दै नगर परिक्रमा गरेका हुन् । यस्ता गतिविधिमा संलग्न शिक्षकलाई सामाजिक बहिष्कारका साथै विद्यालयबाट निष्कासन गर्नुपर्ने विद्यार्थीले बताएका छन् ।

स्थानीय एक विद्यालयमा ६ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा राजापुर नगरपालिका–११ निवासी ५४ वर्षीय दिवाकर उपाध्यायलाई प्रहरीले पक्राउ गरिसकेको बताएको छ ।

उपाध्यायले बालिकालाई ललाईफकाई राजापुरस्थित अमर सहिद दशरथचन्द्र उच्च माविको प्राङ्गणमा करणी गरेको आरोप छ ।

उनीउपर जबर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताएका छन् । कुनै पनि हालतमा यस्तो जघन्य किसिमको अपराध गर्नेलाई नछाडिने प्रहरी उपरीक्षक बोहोराले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप