६ वर्षीया बालिका बालात्कृत, राजापुरमा विरोध प्रदर्शन
बर्दिया - पाँच दिनअगाडि ६ वर्षीया बालिकालाई बलात्कार गरेको विरोधमा बर्दियाको राजापुरका विभिन्न विद्यालयका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
बलात्कार गर्ने शिक्षकलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै मंगलबार राजापुर बजारमा विद्यार्थीले विरोधस्वरुप नाराबाजी गर्दै नगर परिक्रमा गरेका हुन् । यस्ता गतिविधिमा संलग्न शिक्षकलाई सामाजिक बहिष्कारका साथै विद्यालयबाट निष्कासन गर्नुपर्ने विद्यार्थीले बताएका छन् ।
स्थानीय एक विद्यालयमा ६ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा राजापुर नगरपालिका–११ निवासी ५४ वर्षीय दिवाकर उपाध्यायलाई प्रहरीले पक्राउ गरिसकेको बताएको छ ।
उपाध्यायले बालिकालाई ललाईफकाई राजापुरस्थित अमर सहिद दशरथचन्द्र उच्च माविको प्राङ्गणमा करणी गरेको आरोप छ ।
उनीउपर जबर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताएका छन् । कुनै पनि हालतमा यस्तो जघन्य किसिमको अपराध गर्नेलाई नछाडिने प्रहरी उपरीक्षक बोहोराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण