काभ्रेमा १२ वटा क्याम्पसमा मतदान हुँदै
धुलिखेल - काभ्रेपलाञ्चोक जिल्लामा आज हुने स्ववियु निर्वाचनमा १२ वटा मात्रै क्याम्पसमा मतदान हुँदैछ ।
१६ क्याम्पसमध्ये दुईवटा क्याम्पस प्रकाश क्याम्पस, भुम्लुटार र कानपुर क्याम्पस, कानपुर, कालापानीमा सर्वसम्मत भएको र दुईवटा क्याम्पसमा भने विवादका कारण स्थगित रहेको प्रहरीले जनाएको छ ।
“जिल्लाको पनौतीको इन्द्रेश्वर क्याम्पस र धुलिखेलस्थित धुलिखेल क्याम्पसमा स्थगित नै छ”, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले भन्नुभयो, “केही क्याम्पसमा मतदान सुरु भइसकेको छ ।”
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले बाँकी क्याम्पसमा निर्वाचनका लागि विहान ८ बजेदेखि मतदान सुरु भएको बताए ।
“हामीले मतदान भइरहेको क्याम्पसमा विद्यार्थीले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउने काम गरिरहेका छौँ”, एसपी थापाले भने । क्याम्पसमध्ये दुईवटामा सर्वसम्मत भइसकेको र दुईवटामा विवादका कारण हुन नसकेको थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण