काभ्रेमा १२ वटा क्याम्पसमा मतदान हुँदै
धुलिखेल - काभ्रेपलाञ्चोक जिल्लामा आज हुने स्ववियु निर्वाचनमा १२ वटा मात्रै क्याम्पसमा मतदान हुँदैछ ।
१६ क्याम्पसमध्ये दुईवटा क्याम्पस प्रकाश क्याम्पस, भुम्लुटार र कानपुर क्याम्पस, कानपुर, कालापानीमा सर्वसम्मत भएको र दुईवटा क्याम्पसमा भने विवादका कारण स्थगित रहेको प्रहरीले जनाएको छ ।
“जिल्लाको पनौतीको इन्द्रेश्वर क्याम्पस र धुलिखेलस्थित धुलिखेल क्याम्पसमा स्थगित नै छ”, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले भन्नुभयो, “केही क्याम्पसमा मतदान सुरु भइसकेको छ ।”
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले बाँकी क्याम्पसमा निर्वाचनका लागि विहान ८ बजेदेखि मतदान सुरु भएको बताए ।
“हामीले मतदान भइरहेको क्याम्पसमा विद्यार्थीले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउने काम गरिरहेका छौँ”, एसपी थापाले भने । क्याम्पसमध्ये दुईवटामा सर्वसम्मत भइसकेको र दुईवटामा विवादका कारण हुन नसकेको थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
-
प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली