पत्रकार महासङ्घ सिन्धुलीमा कार्की
सिन्धुली - नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्षमा होमकुमार कार्की निर्वाचित भएका छन् ।
सोमबार राति सम्पन्न निर्वाचबाट प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त समूहबाट युनियनका कार्की सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। यस्तै महिला उपाध्यक्षमा चौतारीका विमला पाण्डे, सहसचिवमा प्रेस सोसाइटीका नवीन श्रेष्ठ र युनियनका वरुण लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति हुन नसकेपछि चौतारी र युनियनको संयुक्त समूह तथा प्रेस सेन्टरबीच निर्वाचन भएको थियो । त्यस्तै उपाध्यक्षमा टीकाजङ्ग थापा, सचिवमा विदुर पौडेल र कोषाध्यक्षमा लक्षमण घिमिरे निर्वाचित भएका छन्।
सदस्यमा विक्रम रत्न, सुजाता लामा, राधिका बुढाथोकी, जनक प्रधान, नवीनबाबु अधिकारी, धु्रवचन्द्र खड्का, पुष्कर थापा र अनिल भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै केन्द्रीय प्रतिनिधिमा सञ्जय दाहाल, द्वारिका काफ्ले, रमा कार्की, राजकुमार कार्की र श्यामहरि अधिकारी सर्वसम्मतले निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा विनोद रायामाझी, उमा पौडेल, लोकहरि आचार्य, शङ्खर कार्की, बाबुराम देवकोटा, प्रवीण बुढाथोकी र अञ्जु तामाङ दिमदोङ निवाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण