दोस्रो सन्तान जन्माउने जोडीलाई चीन सरकारले पुरस्कार र भत्ता दिने
हङकङ – जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन भत्ता दिने तयारी गरिरहेको छ ।
लगभग चार दशक एक सन्तान नीति अपनाएको चीनले सो समय एकभन्दा बढी सन्तान जन्माउने जोडीमाथि कारवाहीको साथै गर्भपतन समेत गराउन लगाउने गरेको थियो । तर अहिले उक्त नीति उल्टाउँदै नयाँ योजना अघि सारेको हो ।
राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोग (एनएचएफपीसी) का उपाध्यक्ष वाङ पेइनले आयोगले दोस्रो सन्तान जन्माउने परिवारलाई ‘पुरस्कार र आर्थिक सहायता’ दिने बताएको पिपल्स डेलीले रिपोर्ट प्रकाशित गरेको छ ।
सरकारसँग नजिक रहेर काम गर्ने चीन समाज कल्याण परिषद् नामक गैरसरकारी संस्थाको बैठकमा उनले सो कुरा बताएका हुन् । उक्त संस्थाका प्रवक्ताले भने वाङको उक्त भनाईबारे कुनै टिप्पणी गर्न चाहेनन् ।
एनएचएफपीसीले सन् २०१५ मा गरेको अध्ययनले आर्थिक अवस्थाका कारण ६० प्रतिशत जोडी दोस्रो सन्तान जन्माउन नचाहने देखाएको थियो ।
चीनले सन् २०१५ को अक्टुबर महिनामा एक सन्तान नीतिलाई उल्टाउँदै देशभर दुई सन्तान जन्माउन अनुमति लिएको थियो । त्यसयता, जन्मदरमा बृद्धि भए पनि लक्ष्य अनुसार त्यो बढिरहेको छैन । जसको कारण काम गर्न सक्ने जनसंख्याभन्दा बृद्धहरुको जनसंख्या देशमा धेरै रहेको छ । त्यही भएर सरकारले जन्मदर बढाउन आर्थिक सहायताको योजना अघि सार्न थालेको बताइएको छ ।
सन् १९५० र ६० दशकमा व्यापक जनसंख्या बृद्धि भएपछि चभीन सरकारले सन् १९७९ मा एक सन्तान नीति अवलम्बन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण