दोस्रो सन्तान जन्माउने जोडीलाई चीन सरकारले पुरस्कार र भत्ता दिने

हङकङ – जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन भत्ता दिने तयारी गरिरहेको छ ।
लगभग चार दशक एक सन्तान नीति अपनाएको चीनले सो समय एकभन्दा बढी सन्तान जन्माउने जोडीमाथि कारवाहीको साथै गर्भपतन समेत गराउन लगाउने गरेको थियो । तर अहिले उक्त नीति उल्टाउँदै नयाँ योजना अघि सारेको हो ।
राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोग (एनएचएफपीसी) का उपाध्यक्ष वाङ पेइनले आयोगले दोस्रो सन्तान जन्माउने परिवारलाई ‘पुरस्कार र आर्थिक सहायता’ दिने बताएको पिपल्स डेलीले रिपोर्ट प्रकाशित गरेको छ ।
सरकारसँग नजिक रहेर काम गर्ने चीन समाज कल्याण परिषद् नामक गैरसरकारी संस्थाको बैठकमा उनले सो कुरा बताएका हुन् । उक्त संस्थाका प्रवक्ताले भने वाङको उक्त भनाईबारे कुनै टिप्पणी गर्न चाहेनन् ।
एनएचएफपीसीले सन् २०१५ मा गरेको अध्ययनले आर्थिक अवस्थाका कारण ६० प्रतिशत जोडी दोस्रो सन्तान जन्माउन नचाहने देखाएको थियो ।
चीनले सन् २०१५ को अक्टुबर महिनामा एक सन्तान नीतिलाई उल्टाउँदै देशभर दुई सन्तान जन्माउन अनुमति लिएको थियो । त्यसयता, जन्मदरमा बृद्धि भए पनि लक्ष्य अनुसार त्यो बढिरहेको छैन । जसको कारण काम गर्न सक्ने जनसंख्याभन्दा बृद्धहरुको जनसंख्या देशमा धेरै रहेको छ । त्यही भएर सरकारले जन्मदर बढाउन आर्थिक सहायताको योजना अघि सार्न थालेको बताइएको छ ।
सन् १९५० र ६० दशकमा व्यापक जनसंख्या बृद्धि भएपछि चभीन सरकारले सन् १९७९ मा एक सन्तान नीति अवलम्बन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
-
प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली