शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो छोरीलाई धोका दिने युवकको नेताद्वारा छुरी हानेर हत्या

बुधबार, १८ फागुन २०७३, १३ : ०५
बुधबार, १८ फागुन २०७३

हैदरावाद – आफ्नो छोरीलाई धोका दिएको आरोपमा भारतको तेलांगाना राज्यका एक नेताले एक व्यक्तिको छुरी हानेर हत्या गरेका छन् ।

तेलांगाना राष्ट्रिय समितिका नेता श्याम सुन्दर रेड्डीले आफ्नो छोरीलाई धोका दिएको आरोपमा जि राजेश नाम गरेका व्यक्तिको हत्या गरेका हुन् ।

एल बि नगरमा रहेको हनुमान मन्दिरको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजेशको सोमबार राती तुरकायामजलमा रहेको मित्रा बारमा हत्या गरिएको थियो । रेड्डीसँग हत्यामा अन्य चार जना संलग्न थिए ।

सन् २०१५ को मार्चमा रेड्डीकी २३ वर्षीय छोरी अनुशा रेड्डीको अपहरण र बलात्कारको आरोपमा राजेश पक्राउ परेका थिए । त्यति बेला बुटिक चलाउने अनुशाले राजेशले आफूलाई अविवाहित रहेको भनेर ढाँटेर यौनशोषण गरेको आरोप लगाएकी थिइन् । राजेश र अनुशाले सन् २०१४ मा त्यही हनुमान मन्दिरमा विवाह गरेका थिए ।

तर, राजेशले धोका दिएको थाहा पाएपछि अनुशाले प्रहरीमा उजुरी दर्ता गराएर पक्रन लगाएकी थिइन् । तर, त्यसको दुई दिनपछि नै उनी धरौटीमा छुटेका थिए ।

यसबाट विक्षिप्त बनेकी अनुशाले त्यही महिना एक नदीमा हामफालेर आत्महत्या गरेकी थिइन् ।

राजेशमा १० वटा आरोप लगाएको थियो जसले गर्दा उनी १ वर्ष जेलमा रहेर सन् २०१६ को जुनमा रिहा भएका थिए ।

आफ्नो छोरीको बदला लिन नै रेड्डीले राजेशको हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरीले रेड्डी सहित उनका सहयोगीहरुलाई हिरासतमा लिएर हत्याको मामिला दर्ता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप