आफ्नो छोरीलाई धोका दिने युवकको नेताद्वारा छुरी हानेर हत्या
हैदरावाद – आफ्नो छोरीलाई धोका दिएको आरोपमा भारतको तेलांगाना राज्यका एक नेताले एक व्यक्तिको छुरी हानेर हत्या गरेका छन् ।
तेलांगाना राष्ट्रिय समितिका नेता श्याम सुन्दर रेड्डीले आफ्नो छोरीलाई धोका दिएको आरोपमा जि राजेश नाम गरेका व्यक्तिको हत्या गरेका हुन् ।
एल बि नगरमा रहेको हनुमान मन्दिरको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजेशको सोमबार राती तुरकायामजलमा रहेको मित्रा बारमा हत्या गरिएको थियो । रेड्डीसँग हत्यामा अन्य चार जना संलग्न थिए ।
सन् २०१५ को मार्चमा रेड्डीकी २३ वर्षीय छोरी अनुशा रेड्डीको अपहरण र बलात्कारको आरोपमा राजेश पक्राउ परेका थिए । त्यति बेला बुटिक चलाउने अनुशाले राजेशले आफूलाई अविवाहित रहेको भनेर ढाँटेर यौनशोषण गरेको आरोप लगाएकी थिइन् । राजेश र अनुशाले सन् २०१४ मा त्यही हनुमान मन्दिरमा विवाह गरेका थिए ।
तर, राजेशले धोका दिएको थाहा पाएपछि अनुशाले प्रहरीमा उजुरी दर्ता गराएर पक्रन लगाएकी थिइन् । तर, त्यसको दुई दिनपछि नै उनी धरौटीमा छुटेका थिए ।
यसबाट विक्षिप्त बनेकी अनुशाले त्यही महिना एक नदीमा हामफालेर आत्महत्या गरेकी थिइन् ।
राजेशमा १० वटा आरोप लगाएको थियो जसले गर्दा उनी १ वर्ष जेलमा रहेर सन् २०१६ को जुनमा रिहा भएका थिए ।
आफ्नो छोरीको बदला लिन नै रेड्डीले राजेशको हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीले रेड्डी सहित उनका सहयोगीहरुलाई हिरासतमा लिएर हत्याको मामिला दर्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण