सिँचाइका लागि ३९ लाख अनुदान
भद्रपुर - जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइ योजनाका लागि ७५ कृषकलाई रु ३९ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
चालु आवको स्वीकृत नीति तथा कार्यक्रमअनुसार वितरण गरिने सो रकमका लागि जिल्लाभरिका १५५ किसानले आवेदन दिएका थिए । कृषकको समूहले प्राप्त गर्ने सो रकम सिँचाइका लागि प्रयोग गरिने छ ।
कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले उक्त अनुदान अति सुक्खा प्रभावित क्षेत्र, अधिकांश कृषक समूह सदस्यलाई लाभ पुग्ने गरी, समावेशी समूह, दैवी प्रकोपबाट क्षतिग्रस्त सिँचाइ आयोजना, जनसहभागिता बढी जुटाउने तथा गत आवमा अनुदान सहयोग नपाएकालाई प्राथमिकता दिएर उपलब्ध गराएको बताए । जिल्ला कृषि विकास समितिको बैठकबाट उक्त निर्णय गरिएको हो ।
यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन–धान क्षेत्रअन्तर्गत पथरिया, बालवाडी, बनियानी र केचनामा केन्द्र राखी घुम्ती प्रयोगशाला र माटो जाँच शिविर सञ्चालन गरिएको छ । माटो जाँचको परिणाम अनुसार कृषि चुनका लागि यस वर्ष सुपर जोन कार्यालयले चुन ढुवानीमा अनुदान दिने र अर्को वर्ष कृषि चुन नै उपलब्ध गराउने डाँगीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण