‘एक क्षेत्र एक मार्ग’ अवधारणामा गृहकार्य गर्न चीनको आग्रह
काठमाडौँ – चीनले नेपाललाई ‘एक क्षेत्र एक मार्ग’(ओबिओआर)को अवधारणाबाट लाभान्वित हुन प्रोत्साहन गर्दै त्यस दिशामा आवश्यक गृहकार्य गर्न आह्वान गरेको छ ।
चीन अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले यस क्षेत्रका जनता, बजार, आर्थिक तथा संस्कृतिलाई संयोजन गर्दै आर्थिक सहकार्यमा गति दिन अगाडि बढाइएको योजनाबाट नेपालले फाइदा लिन सक्ने बताइन् ।
चिनियाँ राजदूतले सन् २०१३ देखि चीनले अगाडि बढाएको उक्त अवधारणा महत्वपूर्ण विषय भएको बताउँदै यसबाट दक्षिण, दक्षिण पूर्वी, पूर्वी, मध्य तथा मध्य पूर्वी एसियाली क्षेत्र जोडिने जानकारी दिइन्।
सो अवधारणाले मूर्तरुप लिएपछि भौतिक विकास मात्र नभई जनता जनताबीचको सम्बधलाई थप प्रगाढ बनाउने बताउँदै उनले चीनको बेइजिङमा हुने ओबिओआर अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट उच्चस्तरको सहभागिता हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा चीन अध्ययन केन्द्रका कावा अध्यक्ष सुन्दरनाथ भट्टराईले केन्द्रले सन् १९९९ देखि नेपाल–चीनबीच सहकार्यका लागि बहस, छलफल तथा विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । केन्द्रले आगामी दिनमा ‘एक क्षेत्र एक मार्ग’का विषयमा बहस गर्ने जानकारी उनले दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण