माटो ढिस्कोले पुरिदा १ मृत्यु, ७ घाइते
कालिकोट - जिल्ला सदरमुकाम नजिकैको ताडीमा माटोको ढिस्कोले पुरिदा ताडी गाउँका १ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् ।
डोजरले घर बनाउन जग खन्दै गरेको बेला एकै गाउँका सात जना महिलाहरु घर पोत्ने माटो निकाल्न गएका बेला माथिबाट खसेको ढिस्कोले महिलाहरु पुरिएको प्रत्यक्षदर्शी नन्दकेश अधिकारीले बताए ।
माटोको ढिस्को खस्दा मान्म ताडी ८ की २८ बर्षिया सिता पाण्डेको मृत्यु भएको छ भने वडा नं.८ का १८ बर्षिया बिन्दु पाण्डे, वडा नं. ९ का २२ बर्षिया २६ बर्षिया कलहरी पाण्डे, रकु गाबिस वडा नं. ९ का १८ बर्षिया अम्बिका देवकोटा, मान्म ताडी ८ का १५ बर्षिया कमला पाण्डे, वडा नं ९ का ६५ बर्षिया बुची पाण्डे, वडा नं. ७ का ४० बर्षिया आइती बि.क. र वडा नं. ९ का २८ बर्षिया सोनिमा पाण्डे घाइते भएको प्रत्यक्षदर्शी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
घाइतेमा आइती बि.क., कलहरी पाण्डे र सोनिमा पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)