माटो ढिस्कोले पुरिदा १ मृत्यु, ७ घाइते
कालिकोट - जिल्ला सदरमुकाम नजिकैको ताडीमा माटोको ढिस्कोले पुरिदा ताडी गाउँका १ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् ।
डोजरले घर बनाउन जग खन्दै गरेको बेला एकै गाउँका सात जना महिलाहरु घर पोत्ने माटो निकाल्न गएका बेला माथिबाट खसेको ढिस्कोले महिलाहरु पुरिएको प्रत्यक्षदर्शी नन्दकेश अधिकारीले बताए ।
माटोको ढिस्को खस्दा मान्म ताडी ८ की २८ बर्षिया सिता पाण्डेको मृत्यु भएको छ भने वडा नं.८ का १८ बर्षिया बिन्दु पाण्डे, वडा नं. ९ का २२ बर्षिया २६ बर्षिया कलहरी पाण्डे, रकु गाबिस वडा नं. ९ का १८ बर्षिया अम्बिका देवकोटा, मान्म ताडी ८ का १५ बर्षिया कमला पाण्डे, वडा नं ९ का ६५ बर्षिया बुची पाण्डे, वडा नं. ७ का ४० बर्षिया आइती बि.क. र वडा नं. ९ का २८ बर्षिया सोनिमा पाण्डे घाइते भएको प्रत्यक्षदर्शी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
घाइतेमा आइती बि.क., कलहरी पाण्डे र सोनिमा पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण