घरमा राखिएका यस्ता तस्बिरले बिगारिदिन्छन् तपाईंको भाग्य, रोकिदिन्छ समृद्धिको बाटो
घरको सजावटको लागि मानिसहरु धेरैजसो घरमा विभिन्न प्रकारका तस्बिर राख्ने गर्दछन् । तर धेरै मानिसलाई घरमा कस्तो प्रकारको तस्बिर राख्नुपर्छ भन्ने कुरा थाहा हुँदैन । कुनै तस्बिरले घरमा सफलता आउने गदएछ भने केही तस्बिरले घर विनासतर्फ बढ्छ । केही तस्बिरले स्वास्थ्यमा पनि समस्या बढाउने गर्दछ ।
घरमा कहिले पनि पानीको तस्बिर राख्नु हुँदैन । समुन्द्र वा पानीको तस्बिर घरमा टाँस्दा घरमा आर्थिक संकट हुन्छ । जसरी पानी बग्छ, त्यसरी नै पैसा पनि बग्छ भन्ने गरिन्छ ।
घरमा पानीको तस्बिरका साथै जहाजको तस्बिर पनि नराख्नुहोस् । वास्तु अनुसार यसलाई अशुभ मानिन्छ । यदि यस्तो केही तस्बिर घरमा छ भने तुरुन्त हटाउनुहोस् ।
हिंस्रक जनावरको फोटो घरमा राख्दा पनि मानिसहरुमा नकारात्मक प्रभाव पर्ने गर्दछ । यसले घरमा लडाईं पनि बढ्ने गर्दछ ।
थुप्रै पटक मानिसहरु घरमा कुरुक्षेत्रमा भएको महाभारतको तस्बिर पनि राख्दछन् । यो राख्दा परिवारमा रिस र झगडाको स्थिती पैदा हुन्छ ।
अस्ताउँदो सूर्य धेरै मानिसहरुलाई मनपर्छ तर यस्तो तस्बिर घरमा राख्नु हुँदैन । अस्ताउँदो सूर्यले तपाईंलाई असफलतातर्फ लैजान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण