लसुनको बोक्राको १० चमत्कारिक फाइदा, योभन्दा पहिले थाहा थिएन तपाईंलाई
लसुन जस्तै यसको बोक्रामा पनि एन्टी ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण हुने गर्दछ । यसमा एलिसिन कम्पाउन्ड हुन्छ जुन स्वास्थ्यको लागि निकै फाइदाजनक छ । लसुनको बोक्रालाई पिसेर छालामा लगाउँदा पनि थुप्रै फाइदा हुने गर्दछ । नेशनल इन्सिटच्युट अफ आयुर्वेद, जयपुरका सह–प्राध्यापक डा. सि आर यादवले लसुनको बोक्राका १० प्रयोगबारे जानकारी दिँदैछन् ।
(नोटः लसुनको बोक्रलाई कटेर पानीमा उमालेर प्रयोग गर्नुहोस् । यसलाई धेरै दिनसम्म फ्रिजमा राख्दा यसको पोषणमा कमी आउँछ । त्यसकारण ताजा लसुनको बोक्रालाई प्रयोग गर्नु फाइदाजनक हुन्छ । )
लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो गरेर कपाल धुनुहोस् । यसले कपाल झर्ने समस्या जरैदेखि उखेल्छ ।
लसुनको बोक्रालाई सूप वा चिकेट स्टक बनाउने बेला त्यसमा मिसाउनुहोस् । यसले स्वाद बढाउँछ ।
लसुनको बोक्रालाई पिसेर डण्डिफोरमा लगाउनुहोस् । यसमा पाइने एन्टी अक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुणले डण्डिफोर ठिक गर्न सहयोग गर्दछ ।
लसुनको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यसलाई छानेर पिउँदा रुघा–खोकीबाट राहत मिल्छ ।
लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो बनाएर त्यसमा केही बेरसम्म खुट्टा राख्नुहोस् । यसो गर्दा खुट्टा सुन्निएको छ भने हट्छ ।
लसुनलाई पिसेर यसमा मह मिसाउनुहोस् । यसलाई बिहान बेलुका खाँदा दमको असर कम हुन्छ ।
लसुनको बोक्रालाई पेष्ट बनाउनुहोस् । यसमा कागतीको रस मिसाएर कपालको जरामा लगाउँदा जुम्रा हराउँछ ।
लसुनको बोक्रलाई एक प्यानमा तातो बनाएर त्यसको पाउडर बनाउनुहोस् । यसमा जैतुनको तेल मिसाएर कपालमा लगाउँदा कपालको रङ कालो हुन्छ ।
यसको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई चिसो गरेर बोटबिरुवामा हाल्दा चाँडै बढ्छ ।
लसुको बोक्रलाई पिसेर छालामा लगाउँदा दाद, चिलाउने समस्याबाट राहत पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
-
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण