शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का

बिहीबार, २५ असार २०८३, १७ : २३
बिहीबार, २५ असार २०८३

काठमाडौँ । इरानको दक्षिणी तटीय बुसेहर प्रान्तमा फेरि विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अर्धसरकारी समाचार संस्था फार्स समाचार एजेन्सीका अनुसार बुसेहरस्थित चाघादाक सहरका बासिन्दाले बिहीबार दिउँसो स्थानीय समयअनुसार लगातार धेरै विस्फोटको आवाज सुनेका छन्। 

फार्सका अनुसार विस्फोट कहाँ भएको हो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

चाघादाकमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को एक सैन्य अड्डा रहेको छ । अमेरिका–इरान द्वन्द्व सुरु भएको प्रारम्भिक चरणमै उक्त अड्डा आक्रमणको निशानामा परेको थियो। 

बुधबार पनि इरानी अधिकारीहरूले चाघादाकस्थित एक सैन्य स्थलमा आक्रमण भएको पुष्टि गरेका थिए। यसअघि अर्धसरकारी मेहर समाचार एजेन्सीले पनि बुसेहर प्रान्तका विभिन्न स्थानका स्थानीयवासीले लगातार विस्फोटको आवाज सुनेको जनाएको थियो। 

चाघादाकमा विस्फोट भएको समाचार त्यसको करिब एक घण्टापछि सार्वजनिक भएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप