बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसकारण महत्वपूर्ण हुन्छ गर्भावस्थाको चौथो हप्ता

मङ्गलबार, ०१ चैत २०७३, १४ : १३
मङ्गलबार, ०१ चैत २०७३

हरेक गर्भवती महिलाको सपना उनको जन्मिन लागेको शिशु पूर्ण रुपमा स्वस्थ होस् भन्ने हुन्छ । यसका लागि गर्भावस्थाको ९ महिना राम्रो हेरबिचार निकै आवश्यक हुन्छ । भ्रुण विकासका लागि चौथो हप्ता निकै महत्वपूर्ण हुन्छ ।

महिला जब गर्भवस्थाको प्रारम्भिक लक्षण पार गरेपछि चौथो हप्तामा पुग्नेबित्तिकै उनको सुरुवाती दिनभन्दा धेरै हेरबिचारको आवश्यकता पर्छ । चौथो हप्ता पूरा गरेपछि महिलाले गर्भधारण गरेको करिब एक महिना पुग्ने गर्दछ । यो समय भ्रुणको विकासलाई लागि निकै महत्वपूर्ण हुन्छ । यतिबेला भ्रुण अण्डाकार आकृतिको हुन्छ । आज हामी तपाईंलाई गर्भावस्थाको चौथो हप्ताबारे जानकारी दिँदै छौं ।

चौथो हप्ताको लक्षणः

– पहिलो महिनाको अन्तिम दिनमा भ्रुणको आकार परेवाको अण्डाजस्तो हुन्छ । धेरै महिलालाई आफ्नो गर्भावस्थाको पहिलो महिनाबारे थाहा नै हुँदैन । यदि तपाईंलाई आफू गर्भवती भएजस्तो महसुस भइरहेको छ भने तुरुन्त उपचार गराउनुहोस् ।

– चौथो हप्तामा फर्टिलाइज्ड अण्डा पाठेघरसम्म पुग्ने गर्दछ र करिब ७२ घण्टापछि यसले आफ्नो पाठेघर (युटेरस लिनिङ) मा स्थान बनाउने गर्दछ । युटेरस लिनिङको रक्त कोशिकाले अण्डाको स्पर्श गर्दछ र त्यसपछि अण्डाको विकास सुरु हुन्छ ।

– गर्भावस्थाको चोथो हप्ता भ्रुण विकासमा सबैभन्दा महत्वपूर्ण हुने गर्दछ । यतिबेला गर्भवती महिलाले आफ्नो विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । यसका साथै, डाक्टरसँग निरन्तर जाँच गराउनुपर्छ ।

– चौथो हप्तामा गर्भवती महिलाको हर्मोनमा परिवर्तन हुने गर्दछ जसका कारण महिलाको शरिरभित्र खुम्चिएको र तन्किएको महसुस हुने गर्दछ ।

– गर्भधारणपछि महिलाको स्तनको ग्रन्थी बढ्न थाल्छ जसले स्तनमा पीडा हुन थाल्छ । यो परिवर्तन कम्तीमा पनि एक महिनासम्म रहने गर्दछ ।

– प्रत्येक गर्भमा बच्चाको विकास भिन्न प्रकारले हुने गर्दछ । भ्रुणको विकास महिलाको उमेर, शारिरिक ढाँचा, कद, आहार, शरिरको रोग र अन्य कारणसँग जोडिएको हुन्छ ।

– गर्भवती महिलालाई कुनै पनि प्रकारको समस्या वा पीडा भए डाक्टरको सल्लाहबिना कुनै पनि एन्टिबायोटिक्स खानु हुँदैन । परामर्शबिना खाइएको औषधीले भ्रुणमाथि असर पुर्याउँछ ।

चौथो हप्तामा आहारः

– यतिबेला महिलाले चिसो खानेकुरा खानबाट बच्नुपर्छ ।

– गर्भवती महिलाले नउमालिएको दुध र त्यसबाट बनेको कुनै पनि पदार्थ जस्तै मिठाई, चीज, दहिजस्ता खानेकुरा खानुहुँदैन । यसको सेवनले भ्रुणका साथै महिलाका लागि पनि नकारात्मक असर पुर्याउने गर्दछ ।

– गर्भवती महिलाले आफ्नो वरिपरिको सर–सफाईको विशेष ध्यान राख्नुपर्छ । साथै, नधोएको फलफूल र तरकारी आदिको सेवन पनि गर्नुहुँदैन ।

– कुनै पनि काँचो खानेकुरा गर्भावस्थाका बेला खानुहुँदैन । गर्भवती महिलाले रक्सी, चुरोट र ड्रग्सको सेवन गर्नुहुँदैन । यो बच्चाको लागि हानिकारक हुन्छ ।

– सम्भव छ भने डाक्टरसँग खान–पिन, रहन–सहन, औषधीहरुबारे पूरा जानकारी पहिलेदेखि नै लिनुपर्छ । समय–समयमा डाक्टरको सम्पर्कमा रहँदा गर्भवती महिला कुनै पनि खतरा आफूपूर्व नै सतर्क हुनसक्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप