सुत्नुभन्दा अघि मोबाइल प्रयोग गर्नुहुन्छ ? हुनुहोस् सावधान ! यस्ता छन् ९ साइड इफेक्ट्स
एजेन्सी
चैत २० – मोबाइल मानिसहरुको अभिन्न अंगको रुपमा विकास भइसकेको छ । यस्तो अवस्थामा यसलाई जीवनबाट अलग्गाउनु निकै कठिन छ । यति हुँदा हुँदै पनि यसको प्रयोग आवश्यकताभन्दा बढि बिढि गरियो भने यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । यस विषयमा विभिन्न अनुसन्धान पनि भइसकेको छ । यहि अनुसन्धानलाई आधार बनाएर राती मोबाइल प्रयोग गर्नुका ९ साइड इफेक्टबारे जानकारी दिँदै छौं ।
निन्द्रामा कमीः
राती सुत्नुभन्दा पहिले मोबाइलको प्रयोग गर्दा शरिरमा मेलाटोनिन हर्मोनको स्तर कम हुन थाल्छ जसका कारण निकै ढिला निन्द्रा लाग्ने समस्या हुनसक्छ । (हार्वर्ड युनिभर्सिटीको अनुसन्धान)
आँखाको ज्योतीमा कमीः
राती सुत्नुभन्दा अघि मोबाइल प्रयोग गर्दा आँखाको रेटिनामा नकारात्मक असर पर्ने गर्दछ । यसले आँखाको ज्योती कमजोर हुने गर्दछ । (स्रोतः अमेरिकन मस्कुलर डिजनरेशन फाउन्डेशन)
तनाव बढ्छः
अबेर राती मोबाइलको प्रयोग गर्दा मेलाटोनिक हर्मोनको स्तर कम हुन्छ । यसले तनाव बढ्ने गर्दछ । (युनिभर्सिटी अफ वरसेन्टर, बेलायतको अनुसन्धान)
दिमागमा असरः
अबेर राती मोबाइल प्रयोग गर्दा ब्रेन ट्युमरको खतरा निम्तिने गर्दछ । यसले स्मरण शक्ति कमजोर हुनसक्छ । (स्रोतः ब्रोर्डेक्स युनिभर्सिटी, फ्रान्सको अनुसन्धान)
थकानः
राती धेरै बेरसम्म मोबाइल प्रयोग गर्दा निन्द्रा पूरा हुन पाउँदैन । यसले गर्दा दिनभरी थकानको महसुस हुने गर्दछ ।
ग्लूकोमाः
अबेर रातीसम्म मोबाइल प्रयोग गर्दा दिमागसम्म सिग्नल पुर्याउने अप्टिक तन्त्रिकामाथि नराम्रो असर पर्ने गर्दछ । यसले ग्लूकोमाको समस्या हुनसक्छ ।
फोकसिङ मसल्समा असरः
राती लामो समयसम्म मोबाइल प्रयोग गर्दा आँखाको फोकसिङ मसल्समाथि नराम्रो असर पर्ने गर्दछ । यसले कुनै पनि कुरामा फोकस गर्न समस्या हुनसक्छ ।
आँखा रातो हुने समस्याः
राती धेरैसम्म मोबाइल वा ट्याब्लेट प्रयोग गर्दा यसको प्रकाशले आँखालाई रातो बनाउने समस्या पैदा गर्नसक्छ ।
डार्क सर्कलः
अबेर रातीसम्म मोबाइल प्रयोग गर्दा आँखामा दबाब पर्ने गर्दछ । यसले डार्क सर्कलको समस्या निम्तिने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण