बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

ब्लड टेस्ट गर्नुअघि…

शनिबार, २६ चैत २०७३, १० : ५४
शनिबार, २६ चैत २०७३
पृथ्वीविक्रम खड्का, ल्याब टेक्निसियन, शुक्रराज सरुवारोग अस्पताल शुक्रराज सरुवारोग अस्पतालरक्त परीक्षण गर्न अस्पताल वा ल्याबमा जाने क्रममा हतार गर्नु हुँदैन । केही समय आराम गरेर मात्र परीक्षण गर्ने रगत निकाल्नुपर्छ । रोगको प्रकृतिअनुसार ब्लड टेस्ट गर्नुपर्छ । सोही टेस्टअनुसारको स्याम्पल कलेक्सन हुन्छ । प्रायः टेस्टहरू र्‍यान्डम्ली जुनसुकै वेला गर्न सकिन्छ । लिपिड प्रोफाइल, फास्टिङ ब्लडसुगरजस्ता परीक्षण गर्न भने ८ देखि १० घन्टासम्म पेट खाली राख्नुपर्ने हुन्छ । यो समयमा परीक्षण गर्नेले पानीसमेत खानुहुँदैन ।   यस्ता रोगको परीक्षण गर्नेले चिकित्सकसँग अग्रिम सल्लाह गर्नुपर्छ । युरियाजस्ता रोगको परीक्षण गर्नेले अघिल्लो दिनदेखि नै माछा–मासुजस्ता प्रोटिनयुक्त डाइट खानु हुँदैन । अघिल्लो दिनदेखि नै माछा–मासु तथा फ्याटी डाइट छाडेर साधारण खाना खानुपर्छ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप