भक्तपुरमा एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्ट
नगरकोट - अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।
एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर्न लागेको हो ।
उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिकविद्यालय परिसरमा हुने संस्थाले जानकारी दिएको छ । सुरुवातले स्थानीय सांगीतिक समूहसहित युवाको आकर्षण चर्चित पपगायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्ट गर्ने भएको हो ।
संस्थाका अध्यक्ष राजेन्द्र पुरीले असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवामा एचआइभी संक्रमण बढेकाले कण्डमको प्रयोग गर्ने बानी विकास गर्न सांगीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको जानकारी दिए ।
सांगीतिक कार्यक्रममार्फत युवालाई कण्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइसिस जस्ता प्राणघातक संक्रमण हुन नदिने संस्थाको उद्देश्य रहेको उनको भनाइ छ ।
संस्थाका निर्देशक राजेश दिदियाका अनुसार एड्रिन प्रधानको कन्सर्टसँगै भक्तपुरको टौमढीदेखि दरबार क्षेत्रसम्म कण्डम ¥याली हुने छ । उक्त ¥यालीकै बीच निःशुल्क एचआइभी जाँच गरिने उनले बताए ।
एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपिएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट हुने निर्देशक दिदियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण